Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नेपालका सभामुख अग्नि सापाकोटलाई चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीद्वारा बधाई ज्ञापन


चीनका राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चान शुले जनवरी २६ तारिख नेपालको प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापाकोटलाई बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा ली चान शुले चीन र नेपाल परम्परागत मित्रता रहेको भन्दै द्वीपक्षीय सम्बन्ध स्थापना भएको ६५ वर्ष यता दुई देशले समान आपसी समर्थन र संयुक्त विकास गरिरहेका व्यक्त गर्नुभएको छ। सन् २०१९ मा दुई देशका राष्ट्रनायकले आपसी भ्रमण गरी चीन नेपाल सम्बन्धलाई विकास तथा समृद्धि उन्मुख युगौँयुग रणनीतिक सहयोगी साझेदारी सम्बन्धतर्फ उकासेको ली चान शुले बधाई सन्देशमा उल्लेख गर्नु भएको छ। आफूले सापाकोटसँग दुई देशको संसद संस्थाबीचको मैत्रीपूर्ण आदान प्रदान र सहयोगलाई बढाएर चीन नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा लिएको पनि उहाँले उल्लेख गर्नुभएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!