Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालकी खानेपानी मन्त्रीद्वारा मेलम्ची आयोजनाको निरीक्षण


नेपालकी खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गर्नुभएको छ। मन्त्री मगरले सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

निरीक्षणका क्रममा उहाँले आयोजनाको काममा कुनै असर आउन नदिन निर्देशन दिनुभयो। “सरकारले तोकेको निर्धारित समयमै पानी आउने गरी आयोजनाको काम रफ्तारमा अघि बढाउनुस्”, उहाँले भन्नुभयो, “आयोजनाको कामप्रति म सन्तुष्ट नै छु। कहीँकतैबाट असर नपुग्ने गरी काम सक्नु होला।”

मेलम्चीको पानी सिन्धुपाल्चोकस्थित अम्बाथान हुँदै सुरुङबाट काठमाडौँको सुन्दरीजलसम्म ल्याउने कार्यको प्रगति उल्लेखनीय हिसाबले भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो। कार्यकारी निर्देशक खत्रीले सुन्दरीजलस्थित आयोजनाको काम तीव्र गतिले अघि बढिरहेको बताउनुभयो। खत्रीका अनुसार अहिले सुन्दरीजलमा पानीको वास आउट पाईप जडान कार्य भइरहेको र ‘इन्भर्ट लाइनिङ’को काम चलिरहेको छ।

Insert your Ads code here

वितरण पाइप लाइनका लागि आवश्यक पर्ने सामानहरु कार्यस्थलमा आइसकेको उहाँले जानकारी दिनुभयो। “सुरुङमा लाग्ने गेट पनि साइटमा आइसकेको छ”, खत्रीले भन्नुभयो, “अहिले गेट जडानका लागि आवश्यक निर्माण कार्य भईरहेको छ। अब सुन्दरीजलको काम सक्न धेरै समय लाग्दैन।”

ठेकेदार कम्पनी सिनो हाइड्रोले अहिले अम्बाथानमा हेडवक्र्स (मुख्य बाँध) को काम धमाधम गरिरहेको छ। हेडवक्र्सको काम करिब ५५ प्रतिशत सम्पन्न भइसकेको छ। हेडवक्र्सको काम भइरहँदा कपर ड्याम (अस्थायी ड्याम) बनाएर मेलम्चीको पानी सुरुङभित्र पठाउनका लागि काम अघि बढिरहेको खत्रीले बताउनुभयो।

त्यसैगरी सुरुङबाट सुन्दरीजलसम्म पानी ल्याई सकेपछि पानी प्रशोधन गर्न सुन्दरीजलमै दुई वटा प्रशोधन केन्द्रसमेत बनाईएको छ। मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीमध्ये साढे आठ÷आठ करोड लिटर क्षमताका दुईवटा प्रशोधन केन्द्र सुन्दरीजलमा बनेका छन्। मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नुअघि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरेर मात्र वितरण गरिने छ।

सुरुङ मार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो। उक्त केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका ट्याङ्कीमा पानी जम्मा गरिनेछ। त्यसपछि वितरण पाइपबाट घरघरमा पानी पु¥याइनेछ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!