Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको आयात २२ प्रतिशतले घट्यो


चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामै नेपालमा वस्तु आयातमा उच्च गिरावट देखिएको छ। भन्सार विभागका अनुसार भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको अनलाइन खबरले लेखेको छ। त्यसो त अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा समेत आयात भने पहिलो महिनाबाटै ओरालो लागेको थियो। आयातमा उच्च गिरावट र निर्यातमा सामान्य वृद्धि देखिँदा यो दुई महिनामा वैदेशिक व्यापार घाटामा समेत उच्च गिरावट आएको तथ्यांकले देखाएको छ।
साउन र भदौ महिनामा कुल वस्तू आयात १ खर्ब ७८ अर्ब ८४ करोड बराबरको भएको छ। अघिल्लो आवको दुई महिनामा वस्तु आयात २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ हाराहारीको थियो। यो अवधिमा वस्तु निर्यात भने २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको भएको छ।

अघिल्लो वर्ष यसै अवधिमा निर्यात १८ अर्ब ५० करोड रुपैयाँको भएको थियो। यो वर्ष वस्तु निर्यात १०.४९ प्रतिशतले बढेको छ। सोहीकारण वैदेशिक व्यापार घाटामा कुल २४.९३ प्रतिशतको गिरावट आएको हो।

यो वर्ष दुई महिनामा व्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ बराबरको रहेको छ। अघिल्लो आवमा व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँको थियो। आयातमा भएको गिरावटले कुल वैदेशिक व्यापारको आकार समेत खुम्चिएको छ।

Insert your Ads code here

दुई महिनामा कुल १ खर्ब ९९ अर्ब २८ करोडको वैदेशिक व्यापार भएको छ। अघिल्लो आवको दुई महिनामा कुल वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब रहेको थियो। यो वर्ष कुल आकार नै १९.६४ प्रतिशतले घटेको छ। दुई महिनाको तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.२६ प्रतिशत र आयातको हिस्सा ८९.७४ प्रतिशत रहेको छ। यो वर्ष निर्यातको हिस्सामा ३७.५० प्रतिशत सुधार भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!