Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण


विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले गरेको यो अनुमान तथ्यांक विभागले गरेको प्रक्षेपणभन्दा कम हो।

आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै तथ्यांक विभागले चालु आवमा २.२८ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। विश्व बैंकको प्रक्षेपण विभागको भन्दा शून्य दशमलव ४८ विन्दु प्रतिशत कम हो । विश्व बैंकले जारी गरेको ग्लोबल इकोनमिक प्रस्पेक्ट प्रतिवेदनअनुसार दक्षिण एसियामा कोरोना महामारीका कारण पर्यटकको संख्यामा उल्लेख्य कमी आउने भएकाले माल्दिभ्स र नेपाल सबैभन्दा बढी प्रभावित हुनेछन्।

कोभिड महामारीका कारण दक्षिण एसियामा सबैभन्दा बढी माल्दिभ्सको अर्थतन्त्र प्रभावित हुने विश्व बैंकले जनाएको छ । विश्व बैंकको प्रक्षेपणअनुसार माल्दिभ्सको अर्थतन्त्र चालु आवमै १३ प्रतिशत विन्दुले ऋणात्मक हुनेछ । अफगानिस्तान, श्रीलंका र पाकिस्तानको अर्थतन्त्र पनि ऋणात्मक हुने विश्व बैंकको आकलन छ ।

Insert your Ads code here

यी मध्ये पाकिस्तानको अर्थतन्त्र आगामी वर्ष पनि नकारात्मक रहने विश्व बैंकको प्रक्षेपण छ । भारतले चालु आवमा ४.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने भए पनि आगामी वर्ष उसको अर्थतन्त्र ३.२ विन्दुले नकारात्मक हुने विश्व बैंकले जनाएको छ । विश्व बैंकले आगामी वर्षमा समेत २.१ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने बताएको कान्तिपुर अनलाइनमा खबर छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!