Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको चालू आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिमको जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात


चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ।जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार निर्यात भएको जडीबुटीबाट करिब १६ लाख ५९ हजार ६४७ रुपैँया राजश्व सङ्कलन भएको छ।

काठबाट चार लाख ९० हजार ६९५ राजश्व सङ्कलन भएको र १८३ सामुदायिक वन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कार्यालयले जनाएको छ।

पछिल्लो समयमा विभिन्न प्रकारका जडीबुटी लोप हुने अवस्थामा रहेकाले वन र जडीबुटी संरक्षणमा जोड दिइएको तिला गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!