Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प


नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ। कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो। ‘बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी मलाई पारिबाट गराएका छन्,’ भन्सार प्रमुख विश्वकर्माले भन्नुभयो।

उहाँका अनुसार पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिसनर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने बताएका छन्। नाकामा आएर थन्किएका वस्तुलाई रि-रुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएको विश्वकर्माले बताउनुभयो। भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको हो। लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता वस्तुको आयात धेरै भएको उहाँको भनाइ छ ।

यसैबीच केन्द्र सरकारको नीतिविरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ । परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूतावासलाई नाका बन्दबारे पत्राचार गरिएको छ। दिल्ली स्थित नेपाली दूतावासबाट समेत पहल थालिएको जानकारी आफूलाई आएको मेची भन्सार प्रमु्ख ध्रुव विश्वकर्मालाई उद्धृत गर्दै अनलाइनखबरले लेखेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!