Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको महामारीमा सघाउँदै चीन, भारत र अमेरिका


काठमाडौंबाट करिब १ सय १४ किलोमिटर उत्तर–पूर्वमा पर्ने तातोपानी नाकामा वैशाख १० गते चीनको सिचाङ स्वायत्त क्षेत्र (जसलाई तिब्बतको नामबाट चिनिन्छ) ले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा चाहिने स्वास्थ्य सामग्री नेपाल सरकारका प्रतिनिधिलाई हस्तान्तरण गर्‍यो। यता काठमाडौंमा त्यसै दिन भारतीय राजदूत विनयमोहन क्वात्राले २३ टन औषधि नेपाललाई दिए।

अमेरिकाले फागुन २३ मा नेपाललाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहितका सामग्री सहयोग गर्‍यो। यो कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट प्राप्त पहिलो सहयोग थियो। त्यसअघि फागुन ६ गते अमेरिकी सरकारको रक्षा सहकार्य कार्यालयले चीनको हुबेई प्रान्तबाट उद्धार गरिएका १ सय ७५ नेपाली विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न चाहिने सामान सेनालाई दिएको थियो।

आफैं कोभिड–१९ को महामारी झेलिरहेका बेला तीन शक्तिराष्ट्र भारत, चीन र अमेरिकाले विभिन्न माध्यमबाट नेपाललाई सहयोग गरिरहेका प्रतिनिधि दृष्टान्त हुन् यी। यसमा संकटका बेला सघाएर प्रभाव बढाउने उनीहरूको रणनीतिसमेत जोडिएको विज्ञहरू बताउँछन्। कान्तिपुर अनलाइनका अनुसार कोभिड–१९ बाट सिर्जित संकटकै बीच उत्तरी छिमेकी चीनले सहयोगमार्फत उपस्थिति देखाइरहेको छ। कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि चीन सरकारले विभिन्न स्तरमा सहयोग गरिरहेको छ। चीनका विभिन्न प्रान्त र दूतावासबाट सहयोग आउने गरेको छ। नेपाली सेनाले जीटूजी प्रक्रियामार्फत चीनबाटै करिब २ अर्ब २६ करोडको ६७ थरीका स्वास्थ्य सामग्री र औषधि खरिद गर्दै छ। चीनले नेपाललाई सहयोगको प्राथमिकतामा राख्दै चैत १६ मा करिब ४ करोड ४१ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो। ती स्वास्थ्य सामग्री नेपालस्थित चिनियाँ दूतावास, सिचुवान प्रान्त, अलिबाबा फाउन्डेसन, ज्याक मा फाउन्डेसन, चीन सीएएमसी इन्जिनियरिङ र सिचुवान हुअसी गु्रपले सहयोग गरेका थिए। यस्तै, चीनको सियान र तिब्बत प्रान्तले चैत २९ मा नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेका थिए।

Insert your Ads code here

यसैगरी भारतले दक्षिण एसियाली मुलुकमा केही भयो भने पहिलो ‘रेस्पोन्डर’ का रूपमा आफूलाई चित्रित गर्न चाहन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरूमा कोभिड–१९ को संक्रमण बढेपछि वैशाख २ मा सार्कका नेताहरूबीच गरेको भिडियो कन्फरेन्सलाई यसरी नै लिन सकिन्छ। छिमेकी मुलुकमा संकट पर्दा भारत सबभन्दा पहिला पुगिहाल्छ।

सन्देश प्रवाहसँगै अमेरिकी सहयोग

सरकारले छाउनीस्थित २०७२ सालमा भूकम्प गएपछि अमेरिकी सरकारको सहयोगमा निर्माण भएको सेनाको ‘क्षेत्रीय व्यवस्थापन आपत्कालीन केन्द्र’लाई कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र बनाएकोछ। अमेरिकी सरकारले फागुन २३ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको थियो। पीपीई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले प्रदान गरेको हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!