नेपालको संविधान दोश्रो संशोधन विधेयक २०७७ लाइ आज प्रतिनीधिसभाबाट पारित गर्ने कार्यक्रम छ।
आज दिउँसो १ बजे बस्ने प्रतिनीधिसभाको बैठकमा दोश्रो संशोधन विधेयक २०७७ लाइ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।
यसअघि आजैको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाम्फले विधेयकलाइ दफावार छलफलका लागि प्रस्तुत गर्नुहुने छ।
Insert your Ads code here
त्यसपछि विधेयकलाइ पारित गरियोस भन्ने प्रस्ताव मन्त्री तुम्वाहाम्फले प्रस्तुत गर्नुहुने छ। संशोधन विधेयक २०७७ मा नेपालको अद्यावधिक नक्सालाइ अनुसूचीमा राख्ने विषय उल्लेख छ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा राख्न आज संविधान संशोधनसम्बन्धी निर्णय हुन लागेको हो। विधेयकका पक्षमा संसदमा प्रतिनीधित्व गर्ने सवै दल र सांसद एकमत रहेका छन्।