Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नेपालको संसदमा बजेट प्रस्तुत


नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले योपटक कोरोना भाइरस रोग (कोभिड–१९) जोखिमले पारेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित गरेको गोरखापत्र अनलाइनले जनाएको छ।
न्यूनतम आर्थिक क्रियाकलापको सञ्चालन र कोरोना महामारीको असरबाट बच्न बजेट केन्द्रित हुने यसअघि नै अर्थमन्त्री डा. खतिवडाले सदनमा जानकारी दिइसक्नुभएको छ । रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण तथा सुदृढीकरणलाई मूल प्राथमिकतामा राखेर बजेट तयारी गरिएको छ । रोजगारीका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूप बदल्ने यसअघि नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको छ ।

प्रिबजेट छलफलका क्रममा सांसदहरूले भने कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित त्यस्ता क्षेत्रमा लगानी बढाउन उहाँहरूको सुझाव छ । बिहीबार सदनमा प्रस्तुत हुने बजेट २६ गतेसम्म पारित गरिसक्ने तयारी संसद् सचिवालयको छ ।

जेठ १८ बाट बजेटको सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ । दुई दिन सैद्धान्तिक छलफल गराउने तयारी छ । लगत्तै प्रचलित कार्यविधिलाई छोट्याएर जेठ २१ वा २२ गतेबाट मन्त्रालयगत छलफल सुरु गर्ने तयारी छ । ढिलामा पनि जेठ २६ गतेसम्म विनियोजन पारित गर्ने तयारी सचिवालयको छ ।

स्रोत कमजोर बन्दा आगामी आर्थिक वर्षको बजेटको आकारमा गत वर्षको भन्दा धेरै वृद्धि नहुने भएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!