Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको सबैभन्दा पुरानो रेल्वे संरक्षणका लागि संग्रहालयय बन्ने


जीर्ण अवस्थामा पुगेर बन्द भइसकेको नेपालको एक मात्र रेल्वे सेवा विजलपुरा–जयनगर नेरोगेज रेलको इन्जन तथा संरचनालाई संरक्षण तथा व्यवस्थापनका लागि संग्रहालयय बन्ने भएको छ। नेपाल रेल्वे कम्पनीले जनकपुर र खजुरीमा रहेको पुरानो रेल्वेका इन्जिन, बोगी, डब्बा, पार्टपूर्जा लगायतका संरचनाहरु राखेर संग्रहालयको रुपमा बिकास गर्ने योजना अघि सारेको हो। झण्डै ७ वर्षअघि जीर्ण भइसकेको जनकपुरदेखि विजलपुरासम्म चल्ने नेरोगेज रेल्वेका इन्जिन लगायतका पार्टपूर्जा संरक्षणको अभावमा धनुषाको जनकनन्दनी गाउँपालिको खजुरी खजुरी स्टेशन र जनकपुर स्टेशनमा अलपत्र अवस्थामा छरिएर रहेका छन्।

नेपालखबर अनलाइनका अनुसार इतिहास भइसकेको पुरानो नेरोगेज रेल्वेका इन्जिन लगायतका संरचनालाई संरक्षण सम्बर्धन एवं अवलोकनका लागि संग्रहालय स्थापना गर्ने लक्ष्य लिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो। सञ्चालनको लागि तयारी अवस्थामा रहेको ब्रोडगेज रेल तथा रेल हस्तान्तरण कार्यक्रममा जनकपुरदेखि खजुरीसम्मको निरीक्षण गर्दा संग्रहालय बनाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो। संग्रहालय स्थापनाको लागि नेपाल रेल्वे कम्पनीले केहि बजेट समेत छुट्याएको उहाँको भनाइ छ। पहिलो प्राथमिकतामा जनकपुर–जयनगर ब्रोडगेज रेल सञ्चालन गर्ने आवश्यक तयारी गरिरहेको बताउँदै उहाँले सञ्चालनपछि पुरानो संरचनाको लागि संग्रहालय निर्माण प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो।

भट्टराईले पुरानो रेल्वे संरचनाहरु लिलाम गरेर कौडीको भाउमा बेच्ने कुरा चलिरहेको तर त्यो संरचना विश्वमा बिरलै भेटिने भएकाले त्यससँग जोडिएको नेपालको रेलवे इतिहासलाई बचाइ राख्न संग्रहालय बनाएर व्यवस्थित गर्ने योजना बनाएको बताउनुभयो।

Insert your Ads code here

भारतमा अधिपत्य जमाएका अंग्रेजहरुले चुरेबाट काठ ढुवानीका लागि वि.सं. १९९४ मा भारतको जयनगरदेखि महोत्तरीको विजलपुरासम्म रेलसेवा सञ्चालन गरेका थिए। पछि सो रेलवे सेवा जनकपुरदेखि जयनगरसम्म मात्र सीमित भयो। जुन धनुषाको पूर्वी भेगका जनताका लागि एकमात्र यातायातको साधनको रुपमा रह्यो।

अत्यन्त जीर्ण अवस्थामा पुगेको नेरोगेज रेल झण्डै सातवर्ष अघि बन्द भएको थियो। अब नेरोगेज रेलको सम्पूर्ण संरचना हटाएर ब्रोडगेज रेलको संरचना निर्माण भइसकेको छ भने त्यहाँ सञ्चालनका लागि भारतबाट दुईवटा रेल ल्याइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!