Loading... आजः मंगलबार , मंसिर १८, २०८१

नेपालको सुदूरपश्चिम प्रदेश सरकारद्वारा एक सातासम्म भारत नजान आग्रह


सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार रातिसम्म मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तीमा एक हप्तासम्म भारत नजान आग्रह गर्ने निर्णय गरिएको हो।

बैठकमा एक सातासम्म भारत नजान सबैमा आग्रह गर्ने, सीमा नाकामा स्थापना गरिएका स्वास्थ्य सहायता कक्षलाई थप प्रभावकारी बनाउने निर्णय भएको बताइएको छ। त्यस्तै बैठकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएमा उपचारका लागि आवश्यक पर्ने पूर्वतयारीका विषयमा समेत छलफल भएको अनलाइन खबरले लेखेको छ।

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक कदम चाल्न सरोकारवालालाई निर्देशन दिनुभयो। प्रदेशस्तरीय कोरोना नियन्त्रण समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोना सम्भावितका लागि उच्च निगरानी कक्ष थप्ने निर्णय भएको बताउनुभयो।

Insert your Ads code here

प्रदेशका नौवटै जिल्लामा केही निगरानी कक्ष भए पनि कैलालीको धनगढी र महेन्द्रनगरमा थप केही निगरानी कक्ष अर्थात् आइसोलेसन वार्ड थप्ने तयारी भएको जनाइएको छ। त्यसै भारतसँग सीमा जोडिएका स्थानीय तहका प्रमुखलाई सीमानाका आवातजावतमा कडाइ गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रणका लागि तीनै तहका सरकारले आवश्यक रकमको व्यवस्था गर्ने बताउनुभयो।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको सङ्क्रमण फैलिन नदिन तथा फैलिएमा कसरी व्यवस्थापन गर्न भन्ने विषयमा बैठकमा छलफल भएको जनाइएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले पछिल्लो समय गड्डाचौकी हुँदै भारतका विभिन्न शहरबाट नेपाल आउने नेपालीको सङ्ख्या उच्च रहेकाले भारतसँग सीमा जोडिएका नाकामा निगरानी गर्न सकेमात्रै पनि धेरै हदसम्म कोरोना भाइरस नियन्त्रण गर्ने सकिने बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!