Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालको हिमाली क्षेत्रमा अड्किएका पर्यटकलाई ‘रेस्क्यू’ गर्न उडान हुँदै


नेपालको हिमाली तथा पहाडी क्षेत्रमा अड्किएका पर्यटकलाई उद्धार गर्नका लागि काठमाडौंबाट जहाज तथा हेलिकप्टरले उडान अनुमति माग गरेका छन्। कोरोना भाइरस संक्रमण रोक्नका लागि लकडाउन गरेको अवस्थामा हेलिकप्टर तथा जहाजले उडान गर्नका लागि पर्यटन र गृह मन्त्रालयको अनुमतिमा नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि मात्र उडान हुन्छ। आज बिहीबार बिहानै ३ वटा हेलिकप्टर उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको सेतोपाटी अनलाइनले लेखेको छ।

हेलिकप्टरसँगै जहाजले पनि अनुमति माग गरेका छन्। तारा एयरले लुक्लामा रहेका १४ जना पर्यटकलाई ल्याउनका लागि उडान गर्ने अनुमति माग गरेको छ। ताराले आजै उडान गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमति माग गरेको मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिनुभयो।

मन्त्रालयले गृहमा सिफारिस पठाएपछि एयरलाइन्सले उडानका लागि नागरिक उड्डयन प्राधिकरण र विमानस्थलमा अनुमति माग्न पाउँछन्। गृहको सिफारिस भएमात्र त्यस्ता एयरलाइन्सले अनुमति पाउँछन्। लकडाउन अघि नै पदयात्रा तथा हिमालतिर गएका सयौं पर्यटक अलपत्र परेको बताइएको छ। तिनीहरूलाई काठमाडौंसम्म ल्याउन सम्बन्धित देशका राजदूतावासहरूले पनि पहल गरिरहेका छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!