Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नेपालको हिमाली क्षेत्रमा ढुवानी नहुदाँ पेट्रोलियम पदार्थको अभाव


हिमाली जिल्ला मुस्ताङमा ढुवानी ठप्प हुदाँ पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको छ। जिल्ला भित्र व्यारेलमा संञ्चित गरी राखिएको इन्धन सकिएपछि पेट्रोलियम पदार्थको अभाव भएको हो। राष्ट्रिय गौरवको निर्माणधिन ७६ किलोमिटर बेनी—जोमसोम सडकको दर्जनौं स्थानमा बाढी/पहिरो र नदी कटानका कारण पेट्रोलिय पदार्थ ढुवानी रोकिएसँगै मुस्ताङमा इन्धन र खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको हो।

अविरल वर्षाका कारण गत असार २८ गते म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वरमा बेनी—जोमसोम जोड्ने अस्थायी बेलिब्रिजको संरचनामा बाढी/पहिरोले क्षति पूर्‍याएपछि मुस्ताङ जिल्लाका लागि पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या देखिएको हो। अहिले बेलीब्रिज पूनस्थापना गरी संञ्चालनमा ल्याउन मर्मतको काम भइरहेको छ।

पहिरो चालु हप्तादेखि मुस्ताङमा पेट्रोलियम पदार्थ तथा मालसामान ढुवानी ठप्प भएसँगै मुस्ताङमा इन्धनको चरम समस्या देखिएको रिजाल स्टोर्सका प्रोपाईटर बिष्णु रिजालले जानकारी दिए। मुस्ताङमा पेट्रोलिय संन्चित गर्ने व्यवसायिक पेट्रोल पम्म छैन। ब्यारेलले धानिएको मुस्ताङको इन्धन आपूर्ति समस्या समाधान गर्न यहाँका विभिन्न पसलका व्यवसायीले ब्यारेलमार्फत पोखरादेखि मुस्ताङसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्ने गरेको व्यवसायी रिजालले बताउनुभयो। सानादेखि ठूलो व्यवसायीले ब्यारेलको सहायतामा मुस्ताङमा पेट्रोलियम ढुवानी गरी बिक्री वितरण गर्ने गरेको पाइएको छ।

Insert your Ads code here

पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङमा इन्धन र खाना पकाउने एल्पी ग्यासको अभाव भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिनुभयो। कोरोना भाइरसले सिर्जित लकडाउनको अवस्थामा पनि इन्धन अभाव नभएको मुस्ताङमा सरकारले लकडाउन खुल्ला गरेपनि सडक असहजताका कारण मुस्ताङमा इन्धन आपूर्तिमा समस्या देखिएको जनाईएको छ। मुस्ताङका व्यवसायीले ब्यारेलमा इन्धन ढुवानी गरी मिनरल वाटरको वोतलमा भरेर ग्राहकलाई बिक्री गर्ने चलन छ।

अन्नपूर्णपोस्ट अनलाइनका अनुसार सडक अवरुद्ध भएसंगै मुस्ताङमा विकासको काम समेत प्रभावित भएको छ। इन्धन अभाव भएपछि राष्ट्रिय गौरवको आयोजना बेनी/जोमसोम—कोरला सडक ,संघ तथा प्रदेश सरकारले गर्ने क्रमागत विकास आयोजनाको काम प्रभावित भएको करिडोर सडक आयोजनाले जनाएको छ।

करिडोर सडकका सवईन्जिनीयर प्रकाश खड्काले सडक साविक रुपमा संञ्चालन गर्न कम्तिमा ३ हप्ता लाग्न सक्ने जनाउनुभयो। उहाँका अनुसार म्याग्दीको गलेश्वर बेलिब्रिज पूननिर्माण भएपछि सडक सफा गर्न सहज हुने सवईन्जिनीयर खड्काको भनाई छ। इन्धन आपूर्ति समस्या भएपछि विकासको काममा प्रयोग भएका सडक उपकरण समेत थन्किन पुगेको उनले बताए। बेनी—जोमसोम आवागमन ठप्पसंगै जिल्लामा इन्धन अभावमा विकासको काम प्रभावित बनेपछि दैनिक जिविकोपार्जन गर्ने मजदुरलाई समेत काम पाउन मुश्किल परेको सुजन मगरले बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!