Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालगञ्जबासीकाे अटेरी स्वयंकालागि घातक हुनसक्छ


हरेकदिनजसाे नेपालमा कोरोना संक्रमितकाे संख्या बढिरहेसँगै अटेर गरेर लकडाउन उल्लंघन पनि ब्यापक मात्रामा भइरहेकाे छ। अहिलेसम्म नेपालमा २९१ जना संक्रमित भएका छन भने एकजनाको मृत्यु समेत भइसकेको छ। नेपालका अधिकांश जिल्ला कोरोनाको रेड जोनमा छन। यस्तै रेड जोनमा पर्ने जिल्ला मध्ये बाँके पनि एक हो।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका अधिकांश देश लगायत नेपाल पनि यसबाट अछुतो छैन। सरकारले अाफ्ना जनतालाई सुरक्षित बचाउन लकडाउनकाे घाेषणा गर्नुका साथै सरकारकाे क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेकाे छ। यद्यपि काेराेना महामारी विरुद्धको लडाइँमा सफलता पाउन सकिएको छैन। बाँकेमा मात्रै हालसम्म ३३ जना कोरोना संक्रमित पुष्टि भएको छ। भारतीय सीमावर्ती बजार नेपालगञ्जका नागरिकले अाफु र अाफ्नाे परिवार साथै यसक्षेत्रका बासिन्दाकाे जीउज्यानकाे सुरक्षामा त्यति गम्भीर भएको देखिएको छैन। बाँके प्रशासनले लकडाउनलाई कडाइसाथ लागू गराउन अनेकौं प्रयास गरेको भए पनि यहाँका नागरिकले लकडाउनको पुर्ण पालना गरेका छैनन्। दृश्य हेर्दा यस्तो लाग्छ देशमै सबैभन्दा बढी लकडाउन उलंघन बाँकेको नेपालगन्जमा भइरहेको छ।

Insert your Ads code here

पछिल्लो समय बाँके प्रशासनले भाैतिक दूरी कायम राख्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक पसल खोल्न स्विकृति दिएको छ। तर उक्त समयमा मानिसहरुले सामाजिक दूरी पालना नगरि भिडभाड गर्दै अाफु र अरुकाे स्वास्थ्यकाे बेवास्ता गर्दै लकडाउन खुलारुपमा उल्लंघन गर्ने गरेका छन। आज अर्थात लकडाउनको ५५ औँ दिन नेपालगञ्जमा देखिएको चहलपहलले यहाँका मानिसहरू गम्भीर नभइ लापरवाह नभएको प्रष्टै देखिएको छ।

आधा सटर खोलेर भएपनि अधिकांश पसल खुलेका छन। सवारीसाधन सडकमा निर्वाध गुडिरहेको छन। तरकारी लगायतका सामान खरिदबिक्री गर्ने पसलहरुमा मानिसहरुको भिड प्रशस्तै देखिएकाे छ। नेपालगञ्जमा जाे जसले लकडाउनकाे उल्लंघन गरिरहेका छन। उनीहरू अपराधी ठहरिन्छन। त्यस्ता ब्यक्तिले अाफुलाई मात्रै जाृखिममा पारिरहेका छैनन्, उनीहरूले परिवार र समाजलाई समेत जाेखिममा पारेका छन्। कसैलाई भाैतिक अाक्रमण गर्ने मात्रै अपराधी होइन, संक्रमण फैलाएर परिवार, समाज र राष्ट्रलाई नै ध्वस्त पार्ने अझठुलाे अपराधी हो। अहिलेकाे यो महामारीको समय काेही पनि अपराधी बन्ने र परिवार, समाजलाई ध्वस्त पार्ने जघन्य अपराधमा संलग्न नहाेउ। अाफु बचाै र अरुलाई पनि बचाउ। सरकारले जारी गरेको निर्देशन उल्लंघन गर्दैमा काेही बहादुर हुँदैन। अटेर गरेर लकडाउन उल्लंघन गर्ने अपराध नगराैं, नगर्न दिअाैं। लकडाउनकाे पूर्ण पालना र हिफाजतबाट मात्रै काेराेना विरुद्धको लडाइँमा सफलता प्राप्त गर्न सकिन्छ।

लकडाउनकाे उल्लंघन गर्नेका लागि देशमा मृत्यु दण्डकाे ब्यवस्था नभए पनि काेराेनाकाे संक्रमण फैलिएर हुने मृत्युबाट तपाईं हामीलाई कसैले पनि बचाउन सक्दैन र सक्नेछैन। सरकारकाे अनुरोधलाई स्विकार्दै अाफ्नै लागि लकडाउनकाे पालना गराैं र गर्न लगाउँ। नेपालगञ्जबासीले अहिले गरेको लापरबाही र अटेरीले राम्रो नतिजा अवश्य दिनेछैन्।

तस्बिरहरू सामाजिक सञ्जालबाट साभार गरिएका हुन।सं.

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!