Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालगन्जका संक्रमित क्षेत्रलाई सिल


नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ। स्थानीय प्रशासनले नगरका अन्सायियान टोल,डिएसपी रोडको एउटा टोल,एक्लैनि टोल र धम्बोझी तीन दिन अघि देखि नै सिल गरेको गोरखापत्र अनलाइनले लेखेको छ। सोमबारदेखि खजुरा गाउँपालिका सिल गरिएको छ। नेपालगन्जका विभिन्न टोलमा स्थानीयले सिल गरेका छन। कोहलपुर नगरपालिकाले नेपालगन्ज सङ जोडिएको दक्षिणी क्षेत्र बन्द गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार नेपालगन्जमा हाल संक्रमितको सम्पर्कमा आएका ब्यक्तिको कन्ट्याक्ट् ट्रेसिङ हुदैछ।
केन्द्र र प्रदेशबाट प्राबिधिक टोलि आउदैछ। पहिलो संक्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन भएकोमा ३५ जनाको आज परीक्षण हुँदैछ। हिजो ५५ जनाको परीक्षणमा १५ कोरोना संक्रमित पहिचान भएको हो। हिजो पुष्टि भएका संक्रमित वडा नम्बर ८ का हुन। १६ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ। उनिहरुको अवस्था सामान्य रहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!