Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“को उपाधि ज्ञानोदय नमुना माविकी दिपशिखा भण्डारीलाई



नागरिक समाज डटकमको आयोजनामा आज सम्पन्न “नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“को उपाधि ज्ञानोदय नमुना मावि खजुराका दिपशिखा भण्डारीले हात पारेकी छिन।

एक हप्ता अगाडि भएको अडिसन राउन्डबाट छानिएका १० जना प्रतिस्पर्धीहरुलाई उछिन्दै दिपशिखा प्रथम भएकी हुन। त्यस्तै, बारबर्दियाका हरि प्रकाश भण्डारी दोस्रो भए भने बाँके बैजनाथका सुशील बिक तेस्रो भए। स्पिच कम्पिटिसनमा प्रथम, द्वितीय र तृतीय आउने प्रतिस्पर्धीहरुले क्रमश: ३० हजार, २० हजार र १० हजारसँगै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको इभेन्ट कोअर्डिनेटर खगेन्द्र दाहालले जानकारी दिए।

दाहालका अनुसार प्रतिस्पर्धीलाई फाइनल राउन्डका लागि निर्णायकले ५ वटा विषय दिएका थिए। जसमा १. समृद्ध नयाँ नेपाल निर्माणमा युवाको भुमिका २. शिक्षा संस्कृति र प्रविधि ३. खाडिमा होइन कि बारीमा बिदेशमा होइनकी स्वदेशमा ४. सुन्दर नेपाल र समृद्धिका आधारहरू र ५ नम्बरमा सामाजिक संजाल र यसले पारेको प्रभाव भन्ने विषय रहेका थिए।

कम्पिटिसनमा पब्लिक च्वाइस अवार्ड पनि राखिएको थियो। जसको उपाधि बर्दियाकि प्रश्ना सुवेदीले प्राप्त गरेकी छिन। अडिसन राउन्डमा प्रतिस्पर्धीहरुले दिएको प्रस्तुतीलाई भिडियो बनाई आयोजक टिमले नागरिक समाजको अफिसियल पेजमा राखेको थियो। जुन भिडियोमा सबैभन्दा धेरै भ्युज प्राप्त गरि सुवेदीले उक्त अवार्ड हात पारेकी हुन। उनले नगद ५ हजारसँगै प्रमाणपत्र ट्रफि प्राप्त गरिन।

५ नम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको प्रमुख अतित्यमा भएको फाइनल प्रतियोगितामा बोल्दै नमुनाले नागरिक समाज डटकमले आयोजना गरेको स्पिच कम्पिटिसन एकदम स्तरीय लागेको प्रतिक्रिया दिएकी छन। व्यक्तित्व विकासका लागि यो कम्पिटिसनले धेरै टेवा पु¥याउनेछ। यस्ता कार्यक्रम नेपालगन्जमा अझै हुन जरुरी छ। बोल्ने कला जो कोहिलाई आवश्यक छ। त्यसैले नागरिक समाजले गरेको यो कार्यक्रम निकै सराहनीय छ, उनले भनिन्।

Insert your Ads code here

नागरिक समाजका अध्यक्ष तथा कार्यकारी सम्पादक रामु ओलीको सभापतित्वमा सम्पन्न स्पिच कम्पिटिसनको निर्णायकको भुमिकामा सन्तोष खड्का, भरत बिष्ट र भोजराज शर्मा नादिर रहेका थिए। निर्णायक सन्तोष खड्काले अाफ्नाे फेसबुक पेजमा लेखेका छन्: “गाईकाे पुच्छर समातेर गाेठाला जाने ती कलिला मुनाहरकाे हातमा अब कापि र कलम मात्र प्रयाप्त हदैन अब स्टेज पनि चाहिन्छ। माईक पनि चाहिन्छ। क्यामेरा पनि चाहिन्छ।धेरै viewers पनि चाहिन्छ। एकदमै अत्याधुनिक,,नँया प्रयाेग,,नँया साेच र सबैभन्दा ठुलाे राशिको पुरस्कारकाे बिचमा सपाट वक्ताहरु बिचकाे घमाशान वाकयुध्द भयकाे नेपालगन्ज speech competition अाज सम्पन्न भयाे। बेजाेड उध्देश्य र लक्ष्यका साथ सुरु भयकाे याे speech competition ले दाेश्राे edition मा पुग्दा सम्म पक्कै पनि कायापलट गर्नेछ। ३ देशकाे भम्रण वा ५०००० काे राशि भयकाे सँभबत याे नेपालकाे सबैभन्दा ठुलाे नियमित speech competition हुनेछ अागामि दिनमा। अबकाे कम्पनकाे सुरुवात नेपालगन्ज बाट हनेछ।तिम्राे प्रयासले तिमिलाई लडन हाेईन अघि बढन सिकाउनेछ। जित्नेहरुलाई बधाई तथा सिक्नेहरुलाई अागामि दिनकाे शुभकामना !!!!”

कार्यक्रमलाई सफल बनाउन सहयोगमा गर्ने सबैलाई धन्यवाद दिदै अध्यक्ष ओलीले भने, ‘शैक्षिक इभेन्टबाट नेपालगन्जलाई चिनाउने कोसिस नेपालगन्ज स्पिच कम्पिटिसन हो। विशेषगरी नेपालगन्जमा अन्य किसिमका इभेन्ट हुँदै गर्दा स्पिच कम्पिटिसन जहिले पनि सानो कोठा भित्र नै हराउने गरेको अवस्था थियो। त्यसलाई मिडिया र समग्र नेपालगन्जमा ल्याउनु र चिनाउनु हाम्रो मुख्य उद्देश्य थियो। जुन उद्देश्य आज यो कार्यक्रम सफलताका साथ सम्पन्न हुँदा पूरा भएको छ।’

“नेपालगन्ज स्पिच कम्पिटिसन २०२०” सोचे भन्दा राम्रो भएकोले अब हुने दोस्रो सिजनलाई झन स्तरीय बनाउनेमा आफ्नो टिम लाग्ने पनि अध्यक्ष ओलीले उद्घोष गरे। उनले सिजन २ मा प्रथम पुरस्कार ५० हजार हुने घोषणा पनि गरेका छन।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीर बहादुर ओली, नेकपा जिल्ला कमिटी सदस्य रत्न खत्री, बासका केन्द्रिय निर्देशक नमस्कार शाह, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरे लगायतले मन्तव्य राखेका थिए। प्रतियोगितालाई नागरिक समाजका रामचन्द्र पौडेलले सन्चालन गरेका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!