Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नेपालद्वारा कोरोना भाइरसको जोखिम हेरेर ‘अन-अराइभल’ भिसा स्थगित


सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई ‘अन-अराइभल’ भिसा दिने व्यवस्था स्थगित गर्ने भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २४ गतेबाट ‘अन-अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार, कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टिफिकेटसमेत ल्याउनुपर्ने छ।

विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालले पनि उच्च सतर्कता अपनाउन लागेको हो। सरकारले बढी संक्रमण भएको देशमा आफ्ना नागरिकलाई नजान आह्वान गर्ने भएको छ।

Insert your Ads code here

‘ठूलो भेलाको कार्यक्रम नगर्न र बाहिरबाट पनि त्यस्तो कार्यक्रम आउन लागेको छ भने तत्काल नआउन आह्वान गर्ने भनिएको छ,’ ती मन्त्रीले भने।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुटारमा छलफल डाक्नुभएको थियो। उक्त छलफलले कोरोना भाइरस रोकथामको पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

प्रधानमन्त्री ओलीले कोरोनासम्बन्धी आवश्यक निर्णय लिन उक्त समितिलाई निर्देशन दिएका छन्। समितिले नेपाल आउने र यहाँबाट विदेश जाने सबै यात्रुको ज्वरो जाँच गर्ने निर्णय गरेको सेतोपाटी अनलाइनमा खबर छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!