Loading... आजः बुधबार , मंसिर १९, २०८१

नेपालबाट असार ३१ देखि पुनः ४० उद्धार उडान हुने


नेपाल सरकारद्वारा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार ३१ देखि उद्धार उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सीसीएमसीले साउन ६ गतेसम्म ४० बढी उडान गर्ने तालिका सार्वजनिक गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले खाडी मुलुकबाट ४० बढी उडानमार्फत नेपाली ल्याउन तालिका सार्वजनिक गरेको बताउनुभयो।’असार ३१ देखि साउन ६ गतेसम्म उडान तालिका सार्वजनिक भएको छ’उहाँले भन्नुभयो।

सीसीएमसीले उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा सार्वजनिक गरेको तालिकाअनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिनेछ। कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि स्वदेश ल्याउन थालिएको थियो।

Insert your Ads code here

सीसीएमसीले नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६, एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान गर्ने अनुमति दिएको छ। भाइरस संक्रमण फैलिनसक्ने भन्दै सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय र घरेलु उडान रोके पनि उद्धार उडान गर्दै आएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!