Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालबाट एक हजार २ सय ५५ पर्यटकको उद्धार


सरकारले गत मंगलबारदेखि सुरु गरेको एक साता लामो लकडाउनको अवधिमा एक हजार २ सय ५५ पर्यटकको उद्धार गरेको छ। पर्यटन बोर्डका प्रवक्ता लिला बानियाका अनुसार, देशभरका १९ वटा पर्यटकीय गन्तव्यबाट युरोप, अमेरिका, रुस, दक्षिण कोरियालगायत मुलुकका पर्यटकलाई सडक र हवाईमार्गबाट उद्धार गरेर काठमाडौं ल्याइएको कान्तिपुर अनलाइनले जनाएको छ।

आइतबार साँझसम्म पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार, लुक्ला, पोखरा, ताप्लेजुङ, जोमसोम, अन्नपूर्ण आधार शिविर, मुक्तिनाथ, लाङटाङ, मनास्लु, गोरखा, लेते, बेशसहर, काँडे, संखुवासभा, झापा, बेनी र झिनुडाँडाबाट पर्यटकलाई उद्धार गरिएको थियो। लुक्लाबाट सबैलाई हेलिकप्टर र जहाज चार्टर गरेर उद्धार गरिएको बोर्डले जनाएको छ। त्यस क्षेत्रबाट ५४ जना नेपाली गाइड तथा भरियालाई पनि उद्धार गरिएको बोर्डले जनाएको छ। बोर्डका सीइओ धनञ्जय रेग्मीका अनुसार, लकडाउनअघि देशभर घुमघाममा रहेका करिब १० हजार पर्यटक विभिन्न ठाउँमा अलपत्र छन्। तीनलाई स्थानीय प्रशासनको सहायतामा बोर्डले उद्धारमा समन्वय गर्दै आइरहेको छ।

उद्धार कार्यमा अधिकांश स्थानमा जहाज चार्टर गरेर पठाउने काममा काठमाडौंमा रहेका जर्मन, रसियन, अमेरिकी, बेलायती, दक्षिण कोरिया र स्विस दूतावासले पहल गरेका थिए। लकडाउनको अवधिमा व्यावसायिक उडानमा रोक लगाइएकाले कूटनीतिक पहलबाट पर्यटकलाई काठमाडौं ल्याएर पठाइँदैछ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!