Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा अगष्ट १७ तारिखबाट हवाई उडान खुला गर्ने निर्णय


पाँच महिनादेखि बन्द रहेको आन्तरिक तथा बाहृय उडान भदौ १ गतेबाट पुनः सुचारू हुने भएको छ। नेपालको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले हवाई उडान पुनः सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जुलाई २१ तारिख जानकारी दिनुभयो।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले मार्च २२ तारिखबाट अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान रोकेको थियो।

अब अन्तराष्ट्रिय अभ्यास र विदेशमा भएका नेपालीहरूलाई आउजाउ सेवा सुचारू गर्ने निर्णय भएको मन्त्री भट्टराईले बताउनुभयो। त्यसका लागि हवाई उडानसम्बन्धी प्रोटोकल मन्त्रालयले बनाउनेछ।

Insert your Ads code here

जुलाई २१ तारिखसम्म नेपालको पर्यटन क्षेत्रमा आएको क्षति ३३ करोड २० लाख अमेरिकी डलर पुगेको सम्बन्धित प्रतिवेदनमा जनाइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!