Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा अब रेडियो र टेलिभिजनबाट विद्यालय स्तरको पठनपाठन हुने


नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको समाप्तिसँगै नयाँ परिमार्जनसहितको शैक्षिक प्रणाली लागु हुने बताउनु भएको छ। आज बिहान नेपाल टलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यालय नखुलुन्जेलको लागि पहुँचको आधारमा पठनपाठन हुने जानकारी दिनु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

रेडियोको पहुँच भएका ठाउँमा रेडियोबाट, टेलिभिजनको पहुँच भएको ठाउँमा टेलिभिजनबाट, इन्टरनेटको पहुँच भएको ठाउँमा अनलाइन कक्षा मार्फत पठनपाठन हुने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्यो अनुसारको शैक्षिक सामाग्रीको व्यवस्था मिलाएको पनि उल्लेख गर्नुभयो। उहाँले अबको पुस्ता विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने बताउँदै शिक्षासँगै राजनीति र अर्थतन्त्रमा पनि दख्खल राख्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो।

देशमा पछौटेपन र गरिबी के कारणले भएको छ त्यो पनि आजका विद्यार्थीले बुझ्नु पर्ने बेला भएको उहाँले बताउनुभयो। शिक्षाप्रति समर्पित भइ इमान्दार र मेहेनती बनेर देशको समृद्धिको तलामा इँट्टा थप्ने काम यहि पुस्ताले गर्नुपर्नेमा जोड दिनुभयो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!