Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा अलपत्र परेका अष्ट्रेलियाली र न्यूजिल्याण्डका पर्यटकलाई नेपालको वायुसेवा निगमले पुर्याउँदै


लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियाली र न्यूजिल्याण्डका पर्यटकलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी मलेसिया हुँदै अष्ट्रेलियाको ब्रिसबेन जाँदैछ। निगमको अपरेसन विभागका निर्देशक दिपुराज ज्वारचनका अनुसार, यसअघि सिड्‌नी जाने भनिएको वाइडबडी अष्ट्रेलियन दुतावासको योजना अनुसार क्वीन्सल्याण्डको राजधानी ब्रिसबेन जान लागेको हो। दुतावासका अनुसार, सिड्नी विमानस्थलको क्वारेन्टाइनमा थप यात्रु राख्ने स्थान अभाव भएको कारण देखाउँदै दुतावासले निगमको चार्टर विमानलाई क्वीन्सल्याण्डतर्फ मोड्ने निर्णय लिएको हो। नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा रहेको अष्ट्रेलियन दुताबासले आफ्ना नागरिकका लागि गर्न लागेको उद्धार उडानलाई सोमबार अनुमति दिएको निर्देशक ज्वारचनले बताउनुभएको कान्तिपुरले लेखेको छ।

काठमाडौंबाट १० घन्टा भन्दा लामो हवाई रुट भएकाले निगमले यो चार्टर विमान मलेसियाको राजधानी क्वालालमपुर टचडाउन गरेर उड्ने छ। निगमका अनुसार, यो उडानको भाडा प्रति घन्टा १८ हजार १ सय अमेरिकी डलर दुतावासले निगमलाई दिने छ। दुतावाससँग निगमले ब्लक–आवरका आधारमा भुक्तानी लिने छ। ब्लक–आवर भनेको जहाजको इन्जिन स्टार्ट भएदेखि बन्द हुँदासम्मको रकम हो। यो विधि–अनुसार, पार्किङमा रहँदा वा खाली उडेको समयको रकम अतिरिक्त लाग्दैन। यस हिसाबले निगमले कम्तीमा ५ करोड ४० लाख हाराहारी आर्जन गर्ने छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!