Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा आयुर्वेदिक औषधिको ट्रायल परीक्षण गरिने


नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयुर्वेदिक औषधिको ट्रायल परीक्षण गर्ने भएको छ। परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले अर्को सातादेखि आयुर्वेदिक औषधिको ट्रायल परीक्षण सुरु गरिने बताउनुभयो।’मन्त्रालयबाट पनि सहमति आएको छ। अर्को हप्तादेखि ट्रायलमा लैजान्छौँ,’ उहाँले भन्नुभयो, ‘राम्रो नतिजा आयो भने मासमा लैजान्छौँ।’

एनएचआरसीका रिसर्च कन्सल्टेन्ट डा. विशुनदयालप्रसाद पटेलले जेठीमधु र त्रिकटुको औषधि बनाइएको बताउनुभयो।’चीन र भारतमा पनि कोभिडका बिरामीलाई जेठीमधु र त्रिकटुको प्रयोग गरिएको थियो। राम्रो नतिजा आएको थियो,’ उहाँले भन्नुभयो, ‘हामीले प्रयोग गर्दै आएको आयुर्वेदको औषधिलाई ट्रायल परीक्षण गर्न लागेका हौँ।’

डा. पटेलका अनुसार जेठीमधुले घाँटीको समस्या हटाउँछ। त्रिकटुले रुघाखोकी र ज्वरो निको बनाउन सहयोग गर्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधिको परीक्षण गर्न लागिएको हो।

Insert your Ads code here

आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले जडीबुटीका औषधि प्रयोग गर्दा बिरामीलाई थप जटिल बनाउन नदिने बताउनुभयो। पोजिटिभ भएका बिरामीलाई २८ दिनसम्म खुवाएर ट्रायल गरिनेछ।

अन्तर्राष्ट्रिय मेथोडोलोजी अनुसार बनाएकाले रिपोर्ट राम्रो आयो भने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा लैजाने उहाँले बताउनुभयो। स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकामा पनि आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने उल्लेख गरिएको छ।

घरैमा उपलब्ध जडीबुटीजन्य सामग्रीको कसरी प्रयोग गर्न सकिन्छ, क्वारेन्टाइनमा रहेका बेला र घरमा बस्दा आउने निराशापन र डिप्रेसनलाई कसरी कम गर्न सकिन्छ तथा पूर्वीय संस्कृतिको मानक रहेको योग अभ्यास र व्यायामले शरीर कसरी तन्दुरुस्त राख्न सकिन्छ भन्ने कुरा निर्देशिकामा छ।

निर्देशिकाले कोरोनासहित अन्य भाइरसजन्य सङ्क्रमण लाग्न नदिन मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्रबल हुनुपर्नेमा जोड दिएको छ। डा. उपाध्यायले गुर्जो, सुठो, बेसार, असुराको पात, मरिच, पिप्ला, तुलसीको पत्ता, दालचिनी, तेजपत्ता, अमला, बोजो, टिमुरलगायतका जडीबुटीले इम्युनिटी पावर बढाउने बताएको शिलापत्र अनलाइनमा खबर छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!