Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा उत्पादित अतिरिक्त विद्युत अब विदेशमा बेच्न सकिने


नेपालमा उत्पादन भएर खपत हुन नसक्ने अतिरिक्त विद्युत अब विदेशमा बेच्न सकिने भएको छ। आन्तरिक उत्पादनमा कमी आई अपुग हुने विद्युत छिमेकी मुलुक भारत र बंगालादेशतर्फ पठाउन नेपाल विद्युत प्राधिकरणलाई सरकारले पूर्व स्वीकृति दिएको छ। मन्त्रिपरिषद बैठकले भारत र बंगालादेशवाट बोलपत्र वा डे-अहेड, टर्म-अहेड लगायत अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन रुपमा विक्री वा खरिद गर्न प्राधिकरणलाई पूर्वस्वीकृति प्रदान गने निर्णय गरेको हो। तर, यस्तो विद्युत खरिद तथा बिक्रीका सम्पूर्ण चरणहरूको विद्युतीय अभिलेख राख्नुपर्ने शर्त छ।

लकडाउनपछि घटेको विद्युत् खपतको दर पुरानै अवस्थामा फर्किएपछि अब वर्षामा बढी हुने विजुली के गर्ने भन्ने चिन्ता प्राधिकरणलाई छ। अहिले नेपालमा पिक आवरमा करिब १२ सय मेगावाट बिजुलीको माग छ। पिक आवरमा केही घण्टा एक सय मेगावाट बिजुली भारतबाटै आयात हुँदैछ। अन्य समयमा नेपालकै विजुली माग धान्न पर्याप्त छ। रातको समयमा माग कम हुँदा आयोजना बन्द गरेर बस्दा विजुली खेर गएर प्राधिरकणलाई ठूलो घाटा निम्तिने अवस्था छ।

तर, भारत र नेपालले यस्तो बजारमा नेपालाई प्रवेश दिने गरी ठोस सम्झौता गरेका छैनन्। यदि बोलकबोल गरेर बेचिने भारतीय बिजुली बजारमा नेपालको बिजुलीले प्रवेश पाए रातको सयममा खेर जाने विद्युत् प्रतिस्पर्धी मूल्यमा बेच्न सकिने छ। भारत अनौपचारिक सहमत भए पनि औपचारिक सहमतिमा हस्ताक्षर हुन बाँकी रहेको अनलाइनखबरले जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!