Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नेपालमा कोरोनाको तेस्रो संक्रमित भेटिए


नेपालमा कोरोना भाइरसको थप एक नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले आज बुधबार कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सह–प्रवक्ता सागर दाहालले पनि कोरोनाको तेस्रो संक्रमित भेटिएको पुष्टि गर्नु भएको हो। अहिले मन्त्रालयमा बैठक बसिरहेको उहाँले जानकारी दिनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ती बिरामी भर्ना भएको बताइएको छ।’भर्खरै तेस्रो संक्रमित व्यक्ति भेटिएको जानकारी आएको छ। रोगीको बारेमा विस्तृत जानकारी मलाई पनि प्राप्त भएको छैन’, सरुवा रोग तथा इपिडिमियोलोजीका प्रमुख डा. बासुदेव पाण्डेले भन्नुभयो, ‘ ती व्यक्तिको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ।’

नेपालमा हलासम्म ६८७ जनाको नमूना जाँच गरिएकोमा ६८४ जनाको नेगेटिभ र ३ जनाको पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो। चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!