Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय जना


संसारमा कोरोना भाइरस सुरू भएको करिब चार महिनापछि नेपालमा यही भाइरस संक्रमणले पहिलो मृत्यु भएको थियो। जेठ ३ देखि साउन ३० गतेसम्म १०० दिनभन्दा कम समयमा नेपालमा कोरोना मृत्यु सय पुगेको सेतोपाटी अनलाइनले लेखेको छ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको थियो। ९ दिनकी सुत्केरी मृतक महिलालाई स्वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो। उनलाई आकस्मिक कक्षमा लाँदालाँदै मृत्यु भएको हो।

ती महिलाले वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। भोलिपल्ट २५ गते उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। डिस्चार्जपछि उनी सिन्धुपाल्चोकको राम्चेस्थित घर पुगेकी थिइन्। पछि उनलाई श्वासप्रश्वासको समस्या बढेपछि जेठ १ गते बाह्रबिसेस्थित स्वास्थ्य केन्द्र लगिएको थियो। कोरोनासँग लक्षण मिल्ने भएकाले उनलाई धुलिखेल अस्पताल पठाइएको थियो। उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।

Insert your Ads code here

वैशाख ३० मा भारतको मुम्बईबाट आएर बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका २५ वर्षीय युवकको मृत्यु भएको थियो। बिहान एक्कासि स्वास्थ्य असामान्य भएपछि उनको क्वारेन्टिनमै मृत्यु भएको थियो। बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो। कोरोनाका कारण भएको यो दोस्रो मृत्यु थियो। उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका ४१ वर्षीय शिक्षकको रुपन्देही, तिलोत्तमास्थित क्रिमसन अस्पतालमा मृत्यु भएको थियो। उनलाई ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो।

पछिल्लो मृतकमा प्रसौनी गाउँपालिका-२ प्रसौनी टोल बस्ने ६५ वर्षीय पुरुषको कोरोनाका कारण नारायणी अस्पतालमा मृत्यु भएको छ। उनी दमका बिरामी थिए। उपचार क्रममा मृत्यु भएका उनको मृत्युपछि कोरोना पुष्टि भएको हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!