Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो


पश्चिम सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु कोरोना संक्रमणकै कारण भएको पुष्टि भएको छ। बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेगाउँका २० वर्षीय युवकको स्वाब पीसीआर परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। यसअघि कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिइसकेको नेपाल खबर अनलाइनले लेखेको छ।

शुक्रबार बिहानै विज्ञप्ति जारी गरेर कर्णाली प्रदेश, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि गर्नु भएको छ।

यही जेठ ७ गते भारतबाट स्वदेश आएका उनी स्थानीय विद्यापुरस्थित जनता माविको क्वारेन्टिनमा बसेका थिए। आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई २१ गते राति घर पठाइएको थियो। तर भोलिपल्ट बिहीबार बिहानै सवा २ बजे उनको मृत्यु भएको थियो।

Insert your Ads code here

त्यसपछि उनको स्वाब सदरमुकाम वीरेन्द्रनगरस्थित प्रयोगशालामा पठाइएको थियो। जसको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सरकार, स्वास्थ्य महाशाखाले जानकारी दिएको हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!