Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार


नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचाररत् एक बिरामीको पाँच गते मृत्यु भएको थियो। सोहि दिन अन्त्येष्टि गरिएका बाराका ती बिरामीको सोमबार कोरोना परीक्षणको रिपोर्ट आउँदा ती व्यक्ति कोभिड–१९ संक्रमित भएको पुष्टि भएको छ।

यो विषय नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक वसरुद्दिन अन्सारीलाई सो रिपोर्टबारे आफूले जानकारी गराएको डा. उपाध्यायले बताएको नेपालखबरमा समाचार छ।

यसैबीच अनलाइन खबरका अनुसार थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!