Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा कोरोना संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका


नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ। संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका ६ हजार २९ जना छन्। त्यसपछि ३१ देखि ४० वर्ष उमेर समुहका ३ हजार ६ सय ९७ जना संक्रमित छन्। त्यस्तै तेस्रोमा ११ देखि २० वर्ष उमेर समुहका ३ हजार ३ सय ६८ जना संक्रमित छन्। यो आँकडा हेर्दा युवा उमेर समूहका बढी संक्रमित छन्। ११ देखि ४० वर्ष उमेर समूहका मात्र १३ हजार ९४ जना संक्रमित छन्। अर्थात ८१ प्रतिशत संक्रमित ११ देखि ४० वर्ष उमेर समूहका छन्।

यस्तै १० वर्षमुनिका संक्रमित बालबालिकाको संख्या ६ सय २ छ। स्वास्थ्य मन्त्रालयले बालबालिका समेत संक्रमणको उच्च जोखिममा रहेको भन्दै अभिभावकलाई विशेष ख्याल राख्न सुझाएको छ।५१ देखि ६० वर्ष उमेर समूहका भने ५ सय ९५ संक्रमित छन्। त्यस्तै ६१ देखि ७० उमेर समूहका १ सय ९१ र ७१ देखि ८० उमेर समुहका ४६ जना संक्रमित छन्।

८० वर्ष माथिका भने १२ जना संक्रमित छन्। नेपालमा संक्रमितहरूको अहिलेसम्मको तथ्यांक हेर्ने हो भने बढी संक्रमण युवा अवस्थाका व्यक्तिहरूमा देखिएको छ। यसको कारण धेरै संक्रमितहरू विदेशबाट श्रम गरेर नेपाल फर्किएका छन्।सेतोपाटी अनलाइनका अनुसार भारत लगायत तेस्रो मुलुकमा श्रम गर्न गएका युवाहरू संक्रमित भएर फर्किएका छन्। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि ९७ प्रतिशत संक्रमण आयातित रहेको जनाएको छ। बाँकी ३ प्रतिशत मात्र ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरू छन्।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!