Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा कोरोना सङ्क्रमण दर कम


नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण दर कम हुँदै गएको छ। दैनिक आठ सयको हाराहारीमा देखिएको कोरोना पछिल्लो समय एक सयको हाराहारीमा देखिन थालेको छ। शनिबार सबैभन्दा कम ७० जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभर ७० जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर २५ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो। यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ७१९ पुगेको छ।

प्रवक्ता गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा तीन हजार ६५८ पीसीआर परीक्षण भएको छ । योसँगै परीक्षणको दर पनि घट्दै गएको छ। विभिन्न आइसोलेसनमा आठ हजार २३९ जना सङ्क्रमितको उपचार भइरहेको गोरखापत्र अनलाइनले जनाएको छ।

Insert your Ads code here

यस्तै पछिल्लो २४ घन्टामा ४३१ जना कोरोना जितेर सङ्क्रमण मुक्त भई डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या आठ हजार ४४२ पुगेको छ। हाल देशभर सङ्क्रमितको सङ्ख्या आठ हजार २३९ छ। प्रवक्ता गौतमले देशभरका क्वारेन्टाइनमा २४ हजार ९१० जना रहेको जानकारी दिनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!