Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा जेठ ३१ यता बाढी पहिरोबाट १०१ जनाको मृत्यु, ५१ बेपत्ता


वर्षा सुरुभएसँगै बाढी पहिरोबाट नेपालमा धनजनको क्षति बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गएको जेठ ३१ यता हालसम्म बाढी तथा पहिरोबाट १०१ जनाको मृत्यु भएको जनाएको रातोपाटी अनलाइनले लेखेको छ।

प्राधिकरणले शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक, कास्की तनहुँ, जाजरकोट, लमजुङ, दैलेखलगायतका जिल्लामा गरी बाढी र पहिरोका कारण १०१ जनाको मृत्यु भएको जानकारी दिएको हो। यस्तै हालसम्म ५१ जना बेपत्ता भएका छन् भने ४९ जना घाइते भएका छन्।

प्राधिकरणले आइतबार अर्थात साउन ४ गतेदेखि साउन ८ गतेसम्म देशभरका सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको पूर्वजानकारी दिएको छ। वर्षा सामान्यदेखि भारीसम्मको हुने र तराईका अधिकांश स्थानमा बाढी तथा डुबानको समस्या देखिन सक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ। यस्तै पहाडी भेगमा पनि बाढी र पहिरोको समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन सचेत गराइएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!