Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि


बारा र पर्साका क्वारेन्टाइनमा रहेका थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल स्रोतका अनुसार जितपुर सिमरा उपमहानगरपालिकाका २ जना र वीरगन्ज महानगरपालिका २ छपकैयाका एकजनामा कोभिड १९ पुष्टि भएको हो। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालाबाट अस्पताल प्रशासनलाई यसबारेमा जानकारी आइसकेको छ। २ जनालाई सिमराको क्वारेन्टाइन र एकजनालाई वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ।

गत आइतबार वीरगन्ज–३ का एक र वडा १६ इनर्वाका एक स्थानीयमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा जीतपुरका दुईजना र वीरगन्जका एक जनालाई क्वारेन्टाइनमा राखिएको थियो। स्वाब संकलन गरि परीक्षणका लागि टेकुको प्रयोगशाला पठाइएको थियो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार गत आइतबार वीरगन्जका स्थानीय २ जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका ९४ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो। वीरगन्ज इनार्वाका ५५ वर्षीय संक्रिमत गत मार्चमा भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएका थिए। सम्बद्ध स्रोतका अनुसार उनीसँग जीतपुरका २ जना संक्रमित पनि उक्त सभामा सहभागी थिए। कान्तिपुर अनलाइनका अनुसार उनीहरुको समूह मार्च ६ मा दिल्ली गएर मार्च ११ मा वीरगन्ज फर्किएको थियो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!