Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९


नेपालमा थप ७ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) र कोसी अस्पताल (विराटनगर) का प्रयोगशालामा गरिएका परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको नेपाल खबर अनलाइनले लेखेको छ। योसँगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ। तर तीमध्ये २८ जना सञ्चो भइसकेका छन्। यद्यपि फेरि तीन जनामा स्वास्थ्य समस्या देखिएकाले उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ती थप ७ संक्रमितमा उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तुका १७ वर्षका एक र १८ वर्षका दुई पुरुष र वीरगन्ज छपकैयाका ६२ वर्षका पुरुष छन्। हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!