साउनको दोस्रो सातासम्म आईपुग्दा देशभरको रोपाइँको अवस्था राम्रो रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। देशभर कुल १३ लाख ७१ हजार ७०६ हेक्टर रोपाइँ योग्य भूमिमध्ये १२ लाख ५७ हजार ६०७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिनुभयो।
देशभरको उच्च पहाडमा धान खेती हुने ४८ हजार एक सय हेक्टर जमिनमध्ये ४२ हजार दुई सय हेक्टर अर्थात ८७ प्रतिशत भन्दा बढी क्षेत्रफलमा रोपाइँ सकिएको छ । अनलाइनखबरका अनुसार मध्य पहाडको तीन लाख ४६ हजार हेक्टरमध्ये दुई लाख ९४ हजार ९ सय हेक्टर करिब ८५ प्रतिशत भू-भागमा रोपाइँ सकिएको सम्पन्न भएको छ भने तराईमा ९४ प्रतिशत भू-भागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।
धानको भण्डार मानिने तराई क्षेत्रमा देशभर ९ लाख ७७ हजार ४ सय १४ हेक्टर जमिनमा धान खेती गरिन्छ जसमध्ये ९ लाख २० हजार ३ सय ८२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको प्रवक्ता डा.केसीले जानकारी दिनुभयो।
Insert your Ads code here
सविकको अवधिमा गत वर्ष कुल रोपाइँयोग्य भूमिको ६३.७९ प्रतिशत भू-भागमा रोपाइँ सकिएको थियो । समयमै मनसुन सक्रिय हुनु तथा कोभिडका कारण गाउँ घरमा जनशक्ति प्रशस्त हुनुले रोपाइँ छिट्टै सम्पन्न भएको मन्त्रालयले जनाएको छ।