Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा पहिरोको पूर्वसूचना प्रणाली


सरकार, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा र मौसम पूर्वानुमान महाशाखा मनसुनजन्य विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुटिरहेका छन् तर पहिरोबाट लगातार जनधनको क्षति हुने क्रम रोकिएको छैन। नेपालमा पहिरोको पूर्वानुमानको आधिकारिक पूर्वसूचना प्रणाली नहुँदा जनधनको क्षति सुरुवातमै रोक्न नसकिएको हो।

तर नेपालमा पहिरोको पूर्वसूचना प्रणाली लागू गर्न नसकिएको भने छैन । त्यसको प्रत्यक्ष उदाहरण हुनुहुन्छ पहिरोविज्ञ षनमुखेशचन्द्र अमात्य। नेपालमा सफल परीक्षण भएको पहिरो पूर्वानुमानको सिको हाल इन्डोनेसियाले गर्न खोजिरहेको अमात्य बताउनुहुन्छ। तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण व्यवस्थापन विभागमा रहँदा उहाँले १२ वर्षसम्म पहिरोको अध्ययन र पूर्वानुमान गर्न भ्याउनुभयो।

सन् २००७ मा जापानको जाइका संस्थाले नेपालमा पहिरो पूर्वानुमानको नमुना परियोजना ल्याएको थियो।

गोरखापत्र अनलाइनका अनुसार पहाडी भूभागको वर्चश्व रहेको नेपालमा पहिरो आउनुअघि पूर्वसूचना दिन सकिन्छ भन्ने प्रमाणित भएको अमात्य बताउनुहुन्छ। प्रविधि छ, पहाडी नक्साको अध्ययन गरेर पूर्वानुमान गर्न सकिन्छ, उहाँले भन्नुभयो । देशको कुल गार्हस्थ उत्पादनमा चार प्रतिशतसम्मको असर पार्ने क्षति कम गर्न सरकारले पहिरो पूर्वसूचना प्रणाली सक्रिय गराउनुपर्नेमा उहाँको जोड छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!