Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा पहिलो पटक हुने सगरमाथा संवादका लागि भारत र पाकिस्तानी प्रधानमन्त्रीलाई निमन्त्रणा


नेपालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई नेपालमा आयोजना हुन लागेको सगरमाथा संवादको लागि निम्तो दिएको छ। पहिलोपटक नेपालले बहु–साझेदार संवाद कार्यक्रम ‘सगरमाथा संवाद’को आयोजना गर्न लागेको हो।

नेपालले १ सय ५० भन्दा बढी विदेशी पाहुनालाई संवादको लागि निम्तो पठाएको छ। विभिन्न देशका प्रमुख, मन्त्री, व्यापारी, नागरिक समाज, विज्ञहरु तथा संचारमाध्यमहरु कार्यक्रममा उपस्थित हुने अपेक्षा गरिएको छ।

यस कार्यक्रममा सार्क राष्ट्रका सबै प्रमुखहरुलाई निम्तो दिइएको छ। कार्यक्रम नेपालको वर्तमान इतिहासमा सबैभन्दा ठूलो कुटनीतिक पहलको उदाहरण बन्ने विश्वास व्यक्त गरिएको छ। द वाइरका अनुसार नेपालले पठाएको निम्तो भारतले प्राप्त गरिसकेको छ। कार्यक्रममा विभिन्न देशका प्रमुख, व्यापारी तथा विज्ञहरुबीच दुईपक्षीय छलफल हुनेछ। भारत र पाकिस्तानबीचको आन्तरिक विवादले सन् २०१६ मा पाकिस्तानले आयोजना गर्ने भनेको सार्क सम्मेलन हुन सकेन।

Insert your Ads code here

नेपालले काठमाडौंमा आयोजना गर्न लागेको यस सगरमाथा संवादमा सार्कलाई फेरि सक्रिय बनाउने विषयमा छलफल अगाडि बढाउने अनुमान गरिउको छ।

आगामी अप्रिल २ र ४ तारिखमा सगरमाथा संवाद कार्यक्रम हुने नेपालखबर अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!