Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

नेपालमा पाँच दिन यता कोरोना सङ्क्रमित देखिएनन्


पछिल्लो पाँच दिनमा नेपालमा कोरोना भाइरस (कोभिड १९) का लागि गरिएका सबै नमूना परीक्षणमा भाइरस फेला परेको छैन। मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पाँच दिनमा गरिएका परीक्षणमा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म दुई हजार ८९५ जनाको नमूना परीक्षण गरिएको बताउनुभयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई हजार ३८२ र उपत्यका बाहिर ५१३ जनाको नमूना परीक्षण गरिएको जानकारी दिँदै उहाँले थप १९३ जनाको नमूना परीक्षण भइरहेको बताउनुभयो। डा. देवकोटाका अनुसार देशभर ११७ जना आइसोलेसनमा रहेका छन्। काठमाडौंमा १८ र बाहिर ९९ जना कोरोना आशंकित व्यक्ति आइसोलेसनमा रहेका हुन्।

प्रवक्ता देवकोटाका अनुसार प्रत्येक प्रदेशमा पाँच हजार थान ¥यापिड टेस्ट किट पठाइएको छ। उहाँले कैलाली र कञ्चनपुरबाट प्राप्त भएका ६६ वटा नमूनाको ‘रिपोर्ट नेगेटिभ’ आएको जानकारी दिनुभयो। डा. देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोगको निदानका लागि परीक्षणको दायरा बढाइएको स्पष्ट पार्नुभयो। देशभर १० स्थानबाट परीक्षण भइरहेको छ भन्दै डा. देवकोटाले थप्नुभयो, ”यसले गर्दा परीक्षणको दायरा बढेको छ।”

Insert your Ads code here

मन्त्रालयले वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल ,सेती प्रादेशिक अस्पताल धनगढी, हेटौडा, भैरहवा र चितवनबाट नमूना परीक्षण गरिरहेको छ। नेपालमा हालसम्म सङक्रमणको पुष्टि भएका आठ जना विदेशबाट फर्किएका र अर्का एक जनामा स्थानीय सङक्रमण रहेको छ। पहिलो सङ्क्रमितले स्वास्थ्य लाभ गरिसक्नुभएको छ भने अन्य आठजना उपचारत छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!