Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा भिटामिन र मिनरल लगायतका विभिन्न तत्वको आयात बढ्दो


खानाबाट मात्रै नपुगेपछि शरीरलाई आवश्यक पर्ने भिटामिन र मिनरललगायतका विभिन्न तत्वको मात्रा अतिरिक्त सेवन गर्ने नेपालीहरूको संख्या बढ्दै गएको पाइएको छ। फुड सप्लिमेन्टको रुपमा विश्वभर प्रयोग हुने प्रोटिन, भिटामिन, क्याल्सियम, कार्बोनेट, कार्बमेटलगायतका पदार्थको खपत नेपालमा बढ्दै गएको भन्सार विभागले जनाएको छ।

आर्थिक वर्ष ७४/७५ मा नेपालमा फुड सप्लिमेन्ट आयातको कुनै विवरण नभए पनि पछिल्लो दुई आर्थिक वर्षमा दुई लाख ९४ हजार किलोभन्दा धेरै यस्ता सामग्री नेपाल भित्रिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो। आर्थिक वर्ष ७५/७६ मा चार करोड ३५ लाख ३९ हजार रुपैयाँ बराबरको २८ हजार नौ सय २२ किलो यस्ता खाद्य पदार्थ नेपाल भित्रिएको थियो। चालु आवमा ३१ करोड ५७ लाख १९ हजार रुपैयाँ बराबरको फुड सप्लिमेन्ट नेपालले आयात गरेको विभागले जनाएको छ। खान-पान, काम तथा विभिन्न शारीरिक अभ्यासका कारण शरीरलाई नपुग्ने अतिरिक्त खाद्य पदार्थको प्रयोग बढ्दै गएको उक्त पदार्थको नियमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

नेपालमा आयात हुने यस्ता २१ सय उत्पादनहरू दर्ता भएको विभागका सूचना अधिकारी एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो। अनलाइनखबरका अनुसार खाद्य विज्ञ तथा चिकित्सकको सिफारिसमा नेपालमा यस्ता पदार्थहरू बिक्रीवितरण हुँदै आएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!