Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा महामारी पूर्वतयारी कमजोर रहेको वुहानबाट फर्किएका डाक्टरको भनाइ


विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बारे समयमै सतर्कता अपनाउन नसके कुनै पनि दिन दुर्घटना हुन सक्ने डा. रमेश आचार्यले बताउनुभएको छ। चीनको वुहानबाट फर्किएका डा. आचार्यले हल्ला बढी भएपनि नेपालमा पूर्वतयारी कम रहेको दावी गर्नुभयो।

यूरोपले पूर्वतयारीमा लापरबाही गर्दा अहिले महामारीको सामना गर्नु परेको बताउँदै उनले त्यो अवस्था नेपालमा पनि नआउला भन्न नसकिने बताउनुभयो।

सोमबार संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘चीनले कोरोना भाइरससँग लडिरहेको बेला यूरोपका केही देशहरु पूर्वतयारीमा लाग्न छाडेर मिडियाले फैलाएको अफवाहमा रमाए । त्यसैको परिणाम अहिले भोग्नु परिरहेको छ। हामीले पनि अहिलेबाटै तयारीमा लागेनौं भने कुनै बेला पनि दुर्घटना हुन सक्छ।’ उहाँले कोरोना भाइरसबाट आतंकित हुनुभन्दा सतर्कता अपनाउनु पर्ने बताउनुभयो।

Insert your Ads code here

डा. आचार्यले केही दिन पहिले मात्र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर १२ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाएको अनलाइनखबरले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!