Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा मास्कको माग बढ्दो


चीनमा फैलिएको नोवल कोरोना भाइरसको प्रभावले नेपालमा मास्कको माग बढेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै मास्कको अत्यधिक प्रयोग हुन थालेपछि बजारमा त्यसको अभावसमेत सिर्जना हुन थालेको छ।

बौद्धस्थित चाइनिज पोलिक्लिनिकका सञ्चालक धर्मराज देवकोटाले दैनिक १० हजारको हाराहारीमा मास्क बिक्री हुने गरेको बताउनुभयो। एन–९५ मास्कको बिक्री बढेसँगै भण्डारण केन्द्रमा सबै मास्क सिद्धिएको जानकारी आएको उहाँले सुनाउनुभयो। कोरोना भाइरस नेपालमा भित्रिन सक्ने सम्भावना बढेसँगै माक्स प्रयोग गर्नेहरू ह्वात्तै बढेको हो।

नागरिकन्यूज डटकमका अनुसार अहिले सर्जिकल हाउसले एन–९५ मास्क स्थानीय औषधि बिक्रेतालाई दिन छाडेको छ। दैनिक दुई सयदेखि तीन सयको हाराहारीका चिनियाँहरू मास्क किन्न आउँदा आफ्नो फार्मेसीमा भएजति मास्क बिक्री भइसकेको छ।

Insert your Ads code here

चावहिलस्थित बुद्ध डेन्टल हस्पिटल फार्मेसीका सञ्चालक उमित खड्काले पनि कोरोना भाइरसको त्रासले मास्क लगाउने बढेको जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय मास्क अभाव भएसँगै बिक्रीवितरण रोकिएको छ। पहिला नेपाली ग्राहक बढी जाने काठमाडौंका अधिकांश औषधि पसलमा चिनियाँसहित अन्य विदेशीको भीड बढ्न थालेको छ। स्तुपा सामुदायिक अस्पतालकी सञ्चालिक सीता दंगालका अनुसार कोरोना भाइरसको त्रासले माक्सको माग बढेको बताउनुभयो। भण्डारण केन्द्रसँग मास्क अर्डर गर्दा सकिसकेको जानकारी पाइने गरेको उहाँको भनाइ छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!