Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा मास्क, पीपीई र पञ्जाको गुणस्तर निर्धारण


नेपाल गुणस्तर तथा नापतौल विभागले आइतबार मास्क, पीपीई र पञ्जाको गुणस्तर निर्धारण गरेको छ । मन्त्रालयमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा भएको नेपाल गुणस्तर परिषद्को बैठकले उक्त गुणस्तर स्विकृत गरेको हो। विभागका महानिर्देशक विश्ववावु पुडासैनीले मास्क, पीपीई र पञ्जा गरी तीन उत्पादनका २८ वटा गुणस्तर निर्धारण गरि स्विकृत भएको जानकारी दिनुभयो। यी गुणस्तरहरुमा विभागले वस्तुलाई आवश्यक पर्ने केमिकलदेखि लिएर परिक्षण विधिको मापदण्ड निर्धारण गरेको कान्तिपुर अनलाइनले जनाएको छ।

‘तीन उत्पादनका प्रोडक्ट रिक्वाइरमेन्ट, गार्मेन्ट्स र टेस्ट मेथोड्स गरी २८ वटा गुणस्तर स्विकृत गरेका छौं,’ उहाँले भन्नुभयो, ‘केमिकल र यससंग सम्बन्धित परिक्षण विधिहरु मापदण्ड स्विकृत भएको हो। जुन आईएसओ (इन्टरनेशल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन) संग सम्बन्धित छन्।’

विभागले नेपाल गुणस्तर र आइएसओको मापदण्ड अनुसार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) संगसम्बन्धित हेल्थ केयर प्राफेसनहरुले लगाउने गाउन तथा कोटहरुको गुणस्तर निर्धारण गरेको छ। यसका साथै विभागले दुई किसिमका भाइरस फिल्टर गर्ने एन–९५ मास्कको रिक्वाइरमेन्ट्स, टेस्टिंग र मार्किंगको गुणस्तर निर्धारण गरेको छ । मेडिकल फेस मास्कका लागि रिक्वाइरमेन्ट्स र टेस्ट मेथड्सको व्यवस्था गरेको छ। विभागले ग्लब्स (पञ्जा) मा दुई किसिमका प्रोडक्टहरुको स्पेसिफिकेसन तोकेको छ । एउटा, रबर लेटेक्स अथवा रबर सोलुसनबाट बनेको र अर्का पोली (भिनली क्लोराइड) बाट बनेको पञ्जाहरुको केमिकल लगायतका वस्तुहरु निर्धारण गरेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!