Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा लक डाउन कति प्रभावकारी ?


कोरोना भाइरस (कोभिड-१९) को प्रभाव नेपालमा बढ्ने क्रम जारी छ। सरकारले संक्रमण नफैलियोस् भनेर सीमा नाका सिल गर्नेदेखि अनेकौं प्रयास गर्दै आएको छ।कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि उपत्यकामा संक्रमणको जोखिम बढ्ने औंल्याएपछि गृह मन्त्रालयले उपत्यकाका नाकासमेत सिल गरेको हो। तर, सवारी साधन र सर्वसाधारण उपत्यका छिर्ने र बाहिरिने क्रम रोकिएको छैन।

विभिन्न नाकाबाट दैनिकजसो ३ हजारको संख्यामा यात्रु र १५ सयभन्दा बढी सवारी साधन उपत्यकामा भित्रिँदै आएका छन्। त्यसैगरी दैनिक ३ हजार ५ सय यात्रु र १ हजार ४ सय सवारी साधन बाहिरिँदै आएका छन्। पछिल्ला दिनमा सरकारले यात्रु भित्रिने र बाहिरिनेमा केही कडाइ गरेको देखिन्छ। गत चैत ११ देखि जेठ १० गतेसम्मको यात्रु र सवारी साधन भित्रिने र बाहिरिने आँकडा हेर्दा १ लाख ५३ हजार ५ सय ८७ यात्रु उपत्यका भित्रिएका छन्। त्यस्तै २ लाख ५२ हजार २१ जना बाहिरिएको प्रहरी तथ्यांकले देखाएको अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ।

महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार प्रहरीको आँखा छलेर रातारात पैदल हिंड्ने यात्रु यो अभिलेखमा जोडिएको छैन। उहाँका अनुसार ४० लाख जनसंख्या रहेको उपत्यकामा यति संख्यामा यात्रु भित्रिनु र बाहिरिनु नौलो होइन। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले जेठदेखि जथाभावी पास वितरणमा रोक लगाइएपछि उपत्यका भित्रिने यात्रुको संख्यामा कमी आएको बताउनुभयो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!