Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा विद्युतीय सवारी साधन आयात बढ्दो


चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ५४ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको छ। भन्सार विभागका अनुसार चालु आवको सात महिनामा एक हजार पाँच सय दुइटा विद्युतीय गाडी आयात भएका हुन्। यो अवधिमा आधा दर्जनजति विद्युतीय बससमेत आयात भएको छ।

सरकारले सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय गाडीआयातमा लाग्ने भन्सार महसुलमा भारी छुट दिएकाले पछिल्लो समय तिनमा उपभोक्ताको चासो बढेको हो। सरकारले सार्वजनिक विद्युतीय बस खरिदमा एक र अन्य विद्युतीय सवारीआयातमा १० देखि २० प्रतिशतमात्रै भन्सार महसुल लाग्ने व्यवस्था गरेको छ। तर काठमाडौंमा विद्युतीय बस ल्याएर सञ्चालन गरिरहेका व्यवसायीले भने अझै पनि विद्युतीय सवारीसाधन भित्र्याउने वातावरण नभएको दाबी गरेको नागरिकन्यूज डटकममा खबर छ। सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले सरकारले सार्वजनिक विद्युतीय बसमा भन्सार महसुल थोरै तोकेपनि अझै समस्या रहेको बताउनुभयो।

अध्यक्ष थापाले सरकारले भन्सार महसुल छुट दिएपनि विद्युतीय सवारीसाधनमा १३ प्रतिशत भ्याट र साढे तीन प्रतिशत सडक कर र अन्य विविध करलाग्ने गरेको बताउनुभयो। ट्राफिक इन्जिनियर आशिष गजुरेलले विद्युतीय सवारी खरिदमा सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने वातावरण बनाउनुपर्ने बताउनुभयो। सुन्दर यातायात प्रालिले चारवटा विद्युतीय बस चक्रपथमा सञ्चालन गरिरहेको छ। कम्पनीले चालु आवभित्रै २५ वटा विद्युतीय बस खरिद गर्ने तयारी गरिरहेको जनाएको छ। अध्यक्ष थापाले कोरना भाइरसको कारणले खरिद गरिसकेको सातवटा बस रोकिएको बताउनुभयो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!