Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा विमान सेवा भदौ १५ गतेपछि मात्रै संचालन हुने


नेपालको आन्तरिक तथा बाह्य हवाई सेवा र लामो दुरीको यातायात सञ्चालन आगामी भदौ १५ गतेसम्म नहुने भएको छ। आइतबार साँझ कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को बैठकले आगामी भदौ १५ गतेसम्म स्थगन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरेको नेपाल समाज अनलाइनले लेखेको छ।

सरकारले साउन ७ देखि लकडाउन खुला गरे सँगै कोरोनाभाइरसको संक्रमण र जोखिममा बढ्दै गएको भन्दै सीसीएमसीले भदौ १५ सम्म रोक लगाउन प्रस्ताव गरेको छ। गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि आन्तरिक तथा बाह्य हवाई सेवा, शैक्षिक संस्था तथा लामोदूरीका यातातायत सञ्चालन गर्ने निर्णय गरेको थियो। तर कोरोना भाइरसको जोखिम बढिरहेको अवस्था भएकाले हवाई उडानमा थप १५ दिन सम्म थप स्थगन गर्ने प्रस्ताव गरिएको एक मन्त्रीले बताए। सीसीएमसीले गरेको प्रस्ताव संभवतः आज बस्ने मन्त्रीपरिषदले अनुमोदन गर्ने जनाइएको छ।

यसका साथै, बैंक एवम् विभिन्न संघ संस्थामा ५० प्रतिशत कर्मचारीले पालै पालो गरि सेवा सुविधा दिन भनिएको छ। सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्नको लागि चैत ११ बाट लकडान गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय उडानमा चैत ९ देखि र आन्तरिक उडानमा चैत ११ बाट प्रतिबन्ध लगाएको थियो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!