Loading... आजः शनिबार , माघ ५, २०८१

नेपालमा शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द


मुलकभर कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेसँगै नेपाल सरकारले यसअघि जारी गरेका कतिपय आदेशहरु संशोधन तथा थपघट गरेको छ। मन्त्रीपरिष्दको सोमबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यका लगायत मुलुकभर बढ्दै गएको भन्दै यसअघि जारी गरेको आदेश संशोधन तथा थपघट गरेको कारोबार अनलाइनले लेखेको छ।

यसअन्तर्गत भदौ १ गतेदेखि सञ्चालन गर्न दिने भनेको लामो दूरीका सार्वजनिक यातायात १६ गतेदेखि मात्र चल्न दिने निर्णय गरेको छ। यस्तै, शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ। सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना, परीक्षा लगायत सञ्चालन गर्ने दिने निर्णय गरेको थियो। कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा अर्को सूचना प्रकाशित नभएसम्म सिनेमा हल, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय, धेरै जनाको समूहमा खेलिने खेलकुदका कार्यक्रमलगायत समेत नखोल्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री र सूचना, सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो।

उहाँले होटल, रेष्टुरेन्ट र ट्रेकिङग सञ्चालन गर्न रोक लगाएको सेमत बताउनुभयो। होटल र रेष्टुरेन्टले खाना तयार गरेर लैजाने सेवा मात्र सञ्चालन गर्न पाउने निर्णय भएको उहाँले बताउनुभयो। मन्त्रीपरिष्दको बैठकल सीमा नाकाबाट हुने आवतजावतलाई पुनः थप कडाइ गर्ने निर्णय पनि गरेको छ। मन्त्रीपरिष्दको बैठकले काठमाडौं उपत्यका र दुई सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन र सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारी मात्रै कार्यालयमा आउने व्यवस्था मिलाउन निर्णय भएको पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो। उहाँले काठमाडौं उपत्यका प्रवेशविन्दुमा हुने आवतजावतलाई समेत थप कडाई गर्दै स्थानीय तहको स्वीकृती विना प्रवेशमा रोक लगाउने निर्णय समेत भएको जानकारी दिनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!