Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा सर्वाधिक भम्रण गरिने गन्तव्यमा यस वर्ष पनि लुम्बिनी


आर्थिक सर्वेक्षणले नेपालमा सर्वाधिक भम्रण गरिने गन्तव्यमा यस वर्ष पनि लुम्बिनीलाई देखाएको छ। सन् २०१९ मा १७ लाख ७९ हजार ८६ पर्यटकले लुम्बिनी भम्रण गरेका थिए। त्यसअघि सन् २०१८ मा लुम्बिनीमा १५ लाख १७ हजार पर्यटक पुगेका थिए। लुम्बिनीमा सबैभन्दा धेरै भम्रण गर्नेमा नेपाली ७९ प्रतिशत र भारतीय ११ प्रतिशत छन्। अन्य मुलुकका नागरिक १० प्रतिशत छन्। गत वर्षको तुलनामा यस वर्ष लुम्बिनीमा भम्रण गर्ने पर्यटकको संख्या २.३ प्रतिशतले बढेको देखिन्छ।

नेपालमा आउने पर्यटकमध्ये मनोरञ्जनका लागि आउनेहरु ६५ प्रतिशत छन्। त्यसैगरी पदयात्रा तथा हिमाल आरोहणका लागि आउनेहरु १४ प्रतिशत र अन्य उदेश्यका लागि आउनेमा ४ प्रतिशत छन्। सर्वेक्षणले पछिल्ला वर्ष पर्यटक आगमन वृद्धि भइरहेका बेला नेपालमा कोराना कारण सबैभन्दा असर यो क्षेत्रमा परेको आर्थिक सर्वेक्षणले देखाएको कान्तिपुर अनलाइनले लेखेको छ।

अर्थमन्त्री युवराज खतिवडाद्धारा प्रस्तुत गरिएको चालु वर्षको आर्थिक सर्वेक्षण अनुसार, पर्यटकको बसाई वृद्धि भइरेका बेला कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा बढी असर परेको देखिएको छ। हाल पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, एयरलायन्स, टुर–ट्राभल, पदयात्रा हिमाल आरोहण सबै बन्द छन्। वायुसेवा कम्पनी पनि अघिल्ला वर्षको दाजोमा वृद्धि भइरहेको देखाएको छ। सन् २०१९ को कुल पर्यटक आगमन हेर्दा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकहरुमा क्रमशः भारत, चीन, अमेरिका, बेलायत र श्रीलंका छन् । यी मुलुकबाट आउने पर्यटकको संख्या कुल पर्यटक आगमनको ५३ प्रतिशत रहेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!