Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपालमा सुन झन्डै एक लाख रुपैयाँ प्रतितोला


नेपाली बजारमा बिहीबार सुनको मूल्य झन्डै एक लाख पुगेको छ। तोलाकै ९९ हजार पुगेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको सेतोपाटी अनलाइनले लेखेको छ।

बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको सुन बिहीबार ५ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य बुधबार थियो।

बिहीबार चाँदीको मूल्य १२ सय २५ रुपैयाँमा स्थिर छ। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको थियो। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५१ अमेरिकी डलरमा कारोबार भएको थियो।

Insert your Ads code here

कोरोना महामारी (कोभिड-१९)का कारण सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेकोले त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!