गत जेठदेखि कात्तिकसम्मको ६ महिने अवधिमा २४ लाख २१ हजारभन्दा बढी इन्टरनेट ‘सस्क्राइबर’ थपिएका छन्। २०७६ वैशाखसम्म १ करोड ८६ लाख रहेको इन्टरनेट सस्क्राइबरको संख्या गत कात्तिक महिना बित्दासम्म २ करोड ११ लाख पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार हालसम्म देशका ७१.५२ जनता इन्टरनटको पहुँचमा छन्। तर कतिपय एकै व्यक्तिले दोहोरो रुपमा इन्टरनेट प्रयोग गरिरहेकाले यो तथ्यांक केही कम हुन सक्छ।
प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार इन्टरनेट फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या उच्च दरमा बढिरहेको प्राधिकरणका प्रवक्ता निर्देशक तथा प्रवक्ता मिनप्रसाद आर्यालले बताउनुभयो।
हालसम्म जनसंख्याको अनुपातमा ५५.३९ प्रतिशतले मोबाइलमा इन्टरनेट चलाउँछन्। त्यसमा सबैभन्दा धेरै थ्रीजी सेवा प्रयोगकर्ता छन्। १ करोड १४ लाखले थ्रीजी सेवा लिएका छन्। थ्रीजीमा ८२ लाखले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् भने एनसेलबाट ३२ लाख प्रयोगकर्ता दर्ता छन् । एनसेलका थ्रीजी प्रयोगकर्ता गत वैशाखसम्म ४० लाख थिए। गत वैशाखसम्म ६८ लाख रहेको टेलिमको थ्रीजी प्रयोगकर्ता अहिले ८२ लाख पुगेको हो।
Insert your Ads code here
अनलाइन खबरका अनुसार देशभर फोरजी इन्टरनेटका ४७ लाख ९१ हजार प्रयोगकर्ता छन्। त्यसमा झण्डै ३७ लाख १३ हजार प्रयोगकर्ता एनसेलका मात्रै छन्।