नेपालमै पहिलो पटक बन्यो सोनाहा र थारुजातीको सयूक्त संग्रहालय
बर्दियाको राजापुर
बर्दियाको राजापुर नगरपालिका वडा नं. १ मुरगहवा नेपाल मै पहिलो पटक थारुजाती र सोनाहा जाती को सयुक्त होमस्टे संग्रहालय स्थापित भएको छ ।
गत बर्ष मंसिर २४ गते नगर प्रमुख शिब प्रसाद चौधरीद्धारा शिल्यान्यास गरीएको होमस्टे संग्रहालय तथा तालिम भवनको एक कार्यक्रम बिच लुम्बिनी प्रदेश सासद दिपेश थारु र वडा अध्यक्ष खुसी राम चाैधरीद्धारा सोमबार उद्घाटन गरीएकाे हो ।
उद्घाटन कार्यक्रममा सम्वोधन गर्दै बर्दिया क्षेत्र नं. २ ख का लुम्बिनी प्रदेश सांसद दिपेश थारुले संङ्ग्राहालयको विकास र थप संरचनाका लागि आगामी बर्षका लागि प्रदेश सरकारका तर्फबाट कम्तीमा पनि रु १० लाख तथा व्यवसाय प्रवद्र्धन गर्ने प्रस्तावना सहित आएमा संस्कृति तथा पर्यटन मन्त्रालयबाट आवश्यक सहयोगका लागि पहल गर्ने वताउनु भयो । थारु तथा सोनाहा जातिले आफ्नो पेशा निर्वाद रुपले गर्न पाउने र स्थानीय थुपै मौवा, केरा खयर,चामलहरुबाट मदिरा उत्पादन गर्न सकिने एवम् विक्री वितरणमा सरकारले नै सहजीकरण गरेमा छोटो समयमै थारु र सोनाहा जातीको आर्थिक प्रगति हुने सम्भावना रहेको बर्दिया क्षेत्र नं. २ ख का लुम्बिनी प्रदेश सांसद थारुले वताउनु भयो ।
सोनाहा होमस्टे संचालन गर्न धेरै सम्भावना रहेको बताउदै सासद थारुले आत्मनिर्भर बनाउन लोकल कुखुरा पालनका लागि प्रदेश सरकारबाट सहयोग गर्ने बताउनु भयो ।
उद्घाटन कार्यक्रममा वोल्दै वडाध्यक्ष तथा विशिष्ट अतिथि खुशीराम चौधरीले आफुले वडा तथा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोगका लागि प्रतिबद्ध रहेको बताउदै कला सस्कृतीलाई झल्काएर व्यापारको रुपमा अगाडी बढाउनु पर्ने, गत बर्ष वडा कार्यालयबाट फनिचरका लागि ५० हजार बराबरको समान र नगरपालिकाबाट गहना खरीदका लागि रु २लाख उपलब्ध गराएको बताउनु भयो । वडा अध्यक्ष चौधरीले अब उद्धाटन गरेरमात्र नहुने राम्रो सेवा दिनु पर्ने, यहाँका सम्भावनालाई प्रयोग गरी पाहुनाहरुको लागि प्याकेजको रुप योजना बनाई लैजानु पर्ने बताउदै,विकास र आर्थिक समृद्धिको प्रसस्त सम्भावना रहे पनि यो क्षेत्रका धेरै जातिहरु चेतनाको अभावले अगाडि आउन नसकेको बताउनु भयो ।
विशिष्टअतिथी गुड नेवर्स ईन्टरनेशनल नेपालका जिविको पार्जन प्रबन्धक गणेश ढकालले सबै सरोकारवालाहरुलाई धन्यवाद दिदै जि.एन.आई.को उद्देश्य यस समुदायको जिविको पार्जनमा टेवा पुगोस आर्थिक लाभ होस भन्नु रहेको बताउदैआर्थिक लाभ हुने गतिबिधीलाई जोड दिनु पर्ने विदेशी साथ साथै आन्तरीक पर्यटकलाई भित्राउन पनि जोड दिनु पर्ने बताउनु भयो ।
सोनाहा बिकास समाजका अध्यक्ष बल बहादुर सोनाहाले पानीमा खेल्न र सिकार गर्न सिपालु सोनाहा जातिले अहिले विभिन्न पेशा र व्यवसाय थालेको बताउदै यस होम स्टेले पर्यटकहरुका लागि धेरै सम्भावना बोकेको बताए ।
अध्यक्ष सोनाहाले यस होमस्टेले नदीमा रेफटिङ्गको व्यवस्था गरी लैजानु पर्ने र आउने पाहुनाहरुलाई आफन्तको भाव दिदै खुसी राख्नमा जोड दिनु पर्ने बताउदै आज आफ्नो जाति र थारु जातिको विकासका लागि होम स्टे संग्राहालय र तालिम भवन निर्माण हुनु अत्यन्तै सुखद पक्ष भएको बताउनु भयो ।
थारु सोनाहा होमस्टेका अध्यक्ष इन्द्रदेवी थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै छोटो समयमा थारु सोनाहा होमस्टेले धेरै स्थानीय पर्यटकहरुको विश्वास जितेको वताउदै यहाँको समग्र विकासका लागि स्थानीय प्रदेश र संघीय सरकारले लगानी बढाउनुका साथै सीपमूलक तालिमहरुको आयोजना गर्नु पर्ने भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
सोनाहा विकास समाज तथा गुड नेवर्स ईन्टरनेशनल नेपाल को साझदारीमा सञ्चालित सामुदायिक विकास परियोजना द्धारा राजापुरनगरपालिकाको समन्वयतथा थारु सोनाहा सामुदायिक होमस्टेको सहकार्यमा निर्मित होम स्टे संग्राहालय र तालिम भवन निर्माण गर्न कुल १९ लाख ६८ हजार ७ सय ९८ रुपैयाको लागतमा निर्मित भवनमा सोनाहा विकास समाजको ९लाख ७० हजार नगद तथा होमस्टे समुदायबाट ९लाख ९८ हजार ७ सय ८९ रुपैया वरावरको जनश्रमदान गरिएको छ ।
ममता सोनाहाले सञ्चालन गर्नु भएको उद्धाटन समारोहका सभापति थारु सोनाहा होमस्टेका अध्यक्ष इन्द्रदेवी थारुको प्रमुख अतिथी बर्दिया क्षेत्र नं. २ ख का लुम्बिनी प्रदेश सांसद दिपेश थारु विशिष्ट अतिथी वडा नं. १ का वडाध्यक्ष खुशीराम चौधरी र गुड नेभर इन्टरनेसनल नेपाल जीविको पार्जन परियोजना प्रवन्धक गणेश ढकाल रहनु भएको थियो ।
पश्चिम नेपालका केही जिल्लामा मात्रै रहेका सोनाहा जाति लोपोन्मुख तथा अल्पसंख्यक जातिमा रहेका छन् । नेपालमै पहिलो पटक यस जातीको कला सस्कृतीलाई जर्गेना गर्न र सोनाहा जातीको जिविको पार्जनमा सुधार ल्याउन होमस्टे संग्रहालय तथा तालिम भवनको निर्माण गरिएको छ ।