Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाललाई चीन बिरोधि केन्द्र बनाउने योजना: नेता पाेखरेल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा नेपाली राजनीतिका चर्चित ब्यक्तित्व लीलामणि पोखरेलले चाेरबाटाेबाट एमसीसी पास हुन थालेकोमा गम्भीर आपत्ति जनाउँनु भएको छ।

सरकारको नीति तथा कार्यक्रममा चारसय केभी प्रसारण लाइन निर्माणको कुरामा प्रत्यक्ष एमसीसी घुसाइएको बताउँदै उहाँले आपत्ति जनाउनु भएको हो। उहाँले एमसीीीसी प्रतिबेदनबारे पार्टीभित्र निर्णय नगर्दै कार्यक्रममा समावेश गरिएको भन्दै बिरोध गर्नुभएको हो। यस सम्बन्धमा उहाँले सामाजिक संजालमा अाफ्नाे धारणा सार्वजनिक गर्दै लेख्नुभएको छ:

‘जेठ २ गते राष्ट्रपतिबाट संसदमा प्रस्तुत नीति कार्यक्रममा टिप्पणी गर्ने धेरै विषय होलान्। सकारात्मक, नकारात्मक, दुविधाजन्य, बारम्बार दोहोरिएका र उल्लेख हुन नसकेका कतिपय विषय छन्। औपचारिक रुपमा नियमित वार्षिक बजेट्का लागिको नीति भएपनी कोरोनाले ल्याएको नयाँ शंकट्को समाधानको योजना, बेरोजगार समस्याको सम्बोधन, राष्ट्रिय जीवनमा परिवर्तन ल्याउने आयोजनामा जोड, कोरोनापछिको पुनस्र्थापना तथा पुनर्निर्माण बाहेक छरप्रस्ट प्रस्तुत हुनु प्राथमिकता थिएन होला। तर वक्तव्यमा पचासौं अर्बको एमसिसिको कार्यक्रम लप्सेफेदी देखि रातामाटे अनि हेटौंडा र बुटवल अनि गोरखपुरसम्मको ४०० केभी प्रसारण लाईन निर्माण गर्ने कार्यक्रम आउनु आपत्तिको कुरो हो। किनकि एमसिसि बारे पार्टीमा कुनै निर्णय भैसकेको छैन। कार्यदलको प्रतिबेदनबारे अन्तिम निर्णय हुन बाकी छ र संसदमा प्रस्तूत सम्झौता अनुमोदन भएको पनि छैन। यो सम्झौता हाम्रो परराष्ट्र नीति बिपरित अमेरिकी सैन्य गठबन्धन (हिन्द प्रशान्त रणनीति) अन्तरगत रहेको र नेपाललाई पनि त्यसको पार्टनर बनाइएको भन्ने कुरा धेरै तथ्यले जगजाहेर भयो। नेपाललाई चीन बिरोधि केन्द्र बनाउने योजना समेत देखिन्छ। यस्तोबेला वक्तव्यमा आउनु ठिक थिएन।’

Insert your Ads code here

नेता पाेखरेल कोरोना अगाडि एमसिसिका बिरुद्धमा जनमत बटुल्न देशका धेरै ठाउँमा पुग्ने नेकपाका प्रभावशालि नेता हुनुहुन्छ। उहाँको पाेष्टमा धेरैले समर्थन गर्दै प्रतिक्रिया जनाएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!